काठमाडौँको शंखरापुर जहरसिंपौवामा खुला नकआउट फुटबल प्रतियोगिता शुरु

सन्तोष प्रसाद तिवारी।
काठमाडौं, १९ असोज ।

नेपालको संघिय राजधानी काठमाडौँको शंखरापुर नगरपालिका ३ जहरसिंपौवा खेल मैदानमा जहरसिंपौवा खुला नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ।प्रतियोगिता यहि मिति २०८० साल असोज १९ देखि कार्तिक ३ गतेसम्म हुने स्रोतले जनाएको छ। जहरसिंपौवा युवा क्लबको आयोजनामा हुन गईरहेको प्रतियोगिता असोज १९ गते शुक्रबारबाट शुरु भएको हो । जहरसिंपौवा खेलकुद मैदानमा बागमती प्रदेश सामाजिक बिकास मन्त्री माननिय कुमारी मोक्तान ज्युबाट उद्घाटन भएको आयोजकले जानकारी दिएका छन्।

खेल उद्घाटन कार्यक्रम विहान ९ ००बजे हुनेछ । यस खुल्ला नकआउट फुटबल प्रतियोगितामा हजारौं खेलप्रेमी र दर्शकहरुको सहभागीता रहने आयोजकको एक सदस्यले बताए। प्रतियोगितामा भाग लिन नगरभित्रका विभिन्न क्लब लगायत खेलप्रेमीहरु र ईच्छुक अन्य क्षेत्रहरुबाट पनि प्रतियोगितामा भाग लिन सकिनेछ। साथै प्रत्येक वर्षको नेपालीहरुको महान् चाड बडा दशैँ र तिहार ताका एतिहासिक एवम् पर्यटकीय नगरी शंखरापुर नगरपालिकाको जहरसिंह पौवा स्थित खेल मैदानमा खेल अन्तर्गत लगायतका विभिन्न सांस्कृतिक एवम् प्रयोगात्मक कार्यक्रममा तथा प्रतियोगिताहरु हुदै आइरहेको छ।