‘फो ९९’ रेष्टुरेन्टको म:ममा साङ्ला भेटिएको उजुरीपछि काठमाडौं महानगरले लगायो ताला

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । काठमाडौंको लाजिम्पाटस्थित फो ९९ रेष्टुरेन्टमा काठमाडौं महानगरपालिकाले ताला लगाइदिएको छ । सो रेष्टुरेन्टको खानामा साङ्ला भेटिएको भन्दै एकजना ग्राहकले उजुरी गरेपछि अनुगमन गरेको महानगरको टोलीले बिहीबार ताला लगाइदिएको हो ।

सो रेष्टुरेन्टमा मःम खान गएका एक जना ग्राहकले मःममा साङ्ला भेटिएको भन्दै महानगरपालिकामा उजुरी गरेका थिए । सोही उजुरीका आधारमा महानगर प्रहरी प्रमुख राजु पाण्डे, स्वास्थ्य विभागका कर्मचारी सहितको टोली बिहीबार रेष्टुरेन्ट पुगेर अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा अस्वस्थ ढंगले खानेकुरा पकाएको पाइएपछि ताला लगाइएको नगर प्रहरी प्रमुख पाण्डेले जानकारी दिए । ‘हामीलाई आएको सूचना जस्तै अस्वस्थ ढंगले भान्सा चलाइएको रहेछ, भान्छामा साङ्ला, फोहोर देखिएपछि ताला लगाएर आएका छौं,’ पाण्डेले भने । प्राविधिक टोलीले अध्ययन गरेर जरिवाना गर्ने वा मुद्दा चलाउने भन्ने विषयमा टुंगो लाग्ने पनि उनले बताए ।

भियतनामी रेसिपी तयार गर्नमा चर्चित फो ९९ रेष्टुरेन्ट गत जुलाईमा लाजिम्पाटमा खुलेको थियो । यसका आउटलेट काठमाडौंको बौद्ध र ललितपुरको झम्सीखेलमा पनि छन् र