एमाले नेताको अश्लील सम्वाद : बालिकालाई यौनसम्पर्क राख्न दबाब (कुराकानीसहित)

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । नेकपा एमालेका जुम्ला जिल्ला उपाध्यक्ष सुरतबहादुर शाहीको भनिएको अश्लील सम्वाद सार्वजनिक भएको छ । तातोपानी गाउँपालिका–८ का शाहीले एक बालिकासँग गरेको भनिएको टेलिफोन सम्वाद सामाजिक सन्जालमा भाइरल छ ।

कुराकानीको क्रममा उनले यौन सम्पर्क राख्न प्रस्ताव गरेका छन् । उनले इन्ट्रान्स (प्रवेश परीक्षा) पास गराइदिने र ट्युसन खर्च तिरिदिने आश्वासन दिँदै त्यसको बदलामा तत्काललाई नग्न फोटो पठाउनुपर्ने र भेटेर यौन सम्पर्क गर्न दिनुपर्ने सर्त राखेका छन् ।

सामाजिक सन्जालमा सार्वजनिक करिब २ मिनेट ११ सेकेन्डको अश्लील कुराकानीको अंश कहिलेको हो र को–कोबीच कुराकानी भएको हो भन्ने स्वतन्त्र रुपमा पुष्टि भने भएको छैन । तर उनको आवाज चिन्नेहरुले यो सुरतकै भएको बताएका छन् । सामाजिक सन्जालमा यो अडियो शेयर गरेकाहरुले पनि एमाले जुम्ला जिल्ला उपाध्यक्ष सुरतबहादुर शाही र उनकै नाता पर्ने एक बालिकाबीचको कुराकानी भनेर उल्लेख गरेका छन् । अहिले यो अडियो सामाजिक सन्जालमा भाइरल भइरहेको छ ।

सुरतबहादुर शाही नेकपा एमालेमा गाउँदेखि कर्णाली प्रदेशसम्म बदनाम नाम हो । उनी विगतमा अनेक यौनकाण्डमा मुछिएकाले र उनलाई नजिकबाट चिन्नेहरुले यो आवाज सुरतकै हो भनेर ठोकुवाका साथ सेयर गरिरहेका छन् ।

नेता शाहीको ‘तेस्रो घटना’

सुरतबहादुर शाही हाल एमालेको जुम्ला जिल्ला उपाध्यक्ष छन् । उनी २०७९ सालमा स्थानीय तह निर्वाचनमा तातोपानी गाउँपालिकामा एमालेबाट अध्यक्षको उम्मेदवार भए पनि तेस्रो भएका थिए ।

शाही सांस्कृतिक रुपमा गिरेको घटना पटक–पटक सार्वजनिक भए पनि एमालेले कारबाही गरेको सार्वजनिक भएको छैन । ऊ पहुँचवाला भएको भन्दै गाउँलेहरुले पनि उनीविरुद्ध प्रहरीमा उजुरी दिन सकेका छैनन् ।

पछिल्लो पटकको अश्लील सम्वादको घटना तेस्रो भएको उनलाई नजिकबाट चिन्ने जुम्लाका एक नेताले बताए ।ती नेताले भनेअनुसार दुई वर्ष अगाडि गाउँकै कालिका माविमा ११ कक्षामा पढ्ने एक बालिकालाई बलात्कार गरेको आरोप लागेको थियो । त्यतिबेला मिलापत्र गराइ घटना सामसुम पारिएको थियो । यद्यपि के–कति लेनदेन गरेर त्यो घटना मिलाइयो भन्ने सार्वजनिक भएको छैन ।

कालिका माविका एक शिक्षकले पनि एमाले नेता सुरतबहादुर शाहीले आफ्नै नाता पर्ने बालिकालाई बलात्कार गरेको भन्ने हल्ला पहिले पनि चलेको र अहिले पनि त्यस्तै घटना सार्वजनिक भएको बताए ।

सुरतले त्यसपछि पनि शाही थरकै एकजना विवाहित महिलालाई एसएमएस पठाउँदै यौन सम्पर्क गर्न दबाब दिने गरेका थिए । उनले ‘यौनसम्पर्क गर्न देऊ,’ ‘तिम्रो श्रीमानले शंका गर्छ कि नाइँ ?’ ‘तिम्रो फेसबुक आइडी तिम्रो बुढासँग छ कि छैन ?’ जस्ता एसएमएस पठाउने गरेका थिए ।

ती महिलाले सुरतबाट आफू पीडित भएको स्वीकार गरेकी छन् । उनले भनिन्, ‘सुरत भन्ने त्यो एमालेको मान्छे खराब छ । त्यसले गर्दा छोरी, दिदी–बहिनी असुरक्षित छन् ।’

अहिले सार्वजनिक भएको अडियोमा के छ ?

अहिल सामाजिक सन्जालमा सार्वजनिक भएको अश्लील सम्वाद सुरतबहादुर शाही र उनकै नाता पर्ने अन्दाजी १७ वर्षीया बालिकाको भएको बताइएको छ । उक्त अडियोमा सुरतले यौन सम्पर्क गर्न दिन भनेको सुनिन्छ ।

नेता शाहीले फोनमा पढ्ने कुरा सबै फिक्स गरिदिने, पढाइ खर्च पनि व्यहोर्ने आश्वासन दिएको सुनिन्छ । आफूले सबै कुरा सिकाइदिने बताउँदै उनले भनेका छन्, ‘तिमीले भनेका कुरा सबै पूरा गर्नुपर्छ है त ।’

थप कुराकानी यस्तो छ–

शाही : ठीक छ ?

बालिका : ठीक छ ।

शाही : मैले भनेको कुरा भन त । कि म भनुँ ?

बालिका : तपाईं नै भन्नु न ।

शाही : भनौं ? गाली गर्ने त होइनौ ?

बालिका : नाइ गर्दिनँ । भन्नु न ।

शाही : सेक्स भन्ने त बुझ्यौ ?

बालिका : अँ बुझेँ ।

शाही : सेक्स गर्न दिनुपर्छ है ।

शाहीले फेरि अहिले अनलाइनमा कुरा गरौंला भन्दै फोटो पठाइदिन भन्छन् ।

बालिका : के को ?

शाही : पछि डिटेलमा कुरा गरौंला ।

बालिका : के को फोटो ? 

शाही : भित्र भनौंला के म्यासेजमा ।

बालिका : हैन हैन, भन्नु न ।

शाही : तिम्रो फोटो के ।

बालिका : त्यहि त मेरो के को ?

शाही : माथि मिल्कको हुन्छ त ।

बालिका : बुझेँ ।

शाही : फोटो पठाइदिनू, म्यासेज सबै डिलिट गर्नू । भोलि बिहान आउनू, भेटौंला । म एक ठाउँ ट्युसन पढाउँछु, पढ्नु है ।

बालिका : हुन्छ ।

शाही : अहिले मिल्कको फोटो खिचेर पठाइदिनू है ।

एमाले नेता शाहीले लामो समयदेखि फेसबुक म्यासेन्जर फोनमा अश्लील कुरा गर्दै यौन सम्पर्क राख्न दबाब दिने गरेपछि उनले परिवारका सदस्यसँग यो कुरा भनेकी थिइन् । त्यसपछि मात्र यो अडियो सार्वजनिक भएको स्रोतले बतायो ।

एमाले नेता शाहीलाई यसबारे बुझ्न खोज्दा उनको फोन स्वीच अफ छ । यस्तै एमाले जुम्ला जिल्लाका अन्य नेताहरुले पनि यसबारे नबोल्ने भन्दै औपचारिक प्रतिक्रिया दिन मानिरहेका छैनन् ।

यो समाचार तयार पार्दासम्म शाहीविरुद्ध प्रहरीमा पनि उजुरी परेको छैन ।