एमाले गण्डकीमा नवराज र मायानाथको प्यानल प्रतिस्पर्धामा, २७ जना निर्विरोध
पोखरा । नेकपा एमालेको गण्डकी प्रदेश अधिवेशनमा अध्यक्ष पदमा नवराज शर्मा र मायानाथ अधिकारी प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । २७ जना भने निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन समितिले बुधबार सार्वजनिक गरेको मनोनयन दर्ता सूचीअनुसार १६५ पदमा ३८२ जनाको उम्मेदवारी परेको छ ।
अध्यक्षका प्रत्यासी नवराज शर्माको प्यानलबाट उपाध्यक्षमा स्याङ्जाका मिनप्रसाद गुरुङ, सचिवमा लमजुङका धनञ्जय दवाडी, उपसचिवमा कास्कीका दामबहादुर विक र महिला उपसचिवमा पर्वतकी मञ्जु अधिकारीको उम्मेदवार छन् ।
अध्यक्षका अर्का प्रत्यासी मायानाथ अधिकारीको प्यानलतर्फ उपाध्यक्षमा पूर्वी नवलपरासीका बाबुराम विश्वकर्मा, सचिवमा कास्कीका रश्मी आचार्य, उपसचिवमा म्याग्दीका सन्तोष रावल र महिला उपसचिवमा कास्कीकी मिना गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।
दुबैतिर प्यानल लिस्टमा नभएका स्याङ्जाका अर्जुनकुमार सुनामले उपसचिवमा उम्मेदवारी दर्ता गराएका छन् । तर, उनी अधिकारी प्यानलसँग नजिक रहेको बताइन्छ ।
विष्णु पौडेल र शंकर पोखरेलबीच भिडन्त
निवर्तमान अध्यक्ष शर्माको प्यानललाई उपाध्यक्ष विष्णु पौडेल–उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहको साथ छ भने केन्द्रीय सदस्य अधिकारीको प्यानललाई महासचिव शंकर पोखरेल–स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षधरले साथ दिएका छन् ।
अध्यक्षमा शर्मा र अधिकारी प्रतिस्पर्धामा देखिए पनि यो प्रतिस्पर्धा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच भइरहेको छ । त्यसैले उनीहरुले यसलाई प्रतिष्ठाको लडाइँको रुपमा लिएका छन् । गण्डकीको छिमेकी जिल्ला लुम्बिनीको अधिवेशनमा अध्यक्षसहित पदाधिकारीका अधिकांश पदमा उपाध्यक्ष विष्णु पौडेल पक्षका नेताहरु विजयी भएका थिए ।
दुवै प्यानलका उम्मेदवार तथा तीनलाई च्यापिरहेका नेताहरुले आआफ्नोे जित निश्चित भएको भन्दै प्रचार गरिरहेका छन् । तेस्रो धारको अभ्यास गरेका भनिएका सचिव पद्मा अर्याल र स्थायी कमिटी सदस्य किरण गुरुङ भने बाहिर देखिने गरी कसैको प्रचारमा देखिएका छैनन् ।
प्यानलै मनोनयन दर्ता भए उम्मेदवारी खारेज गर्ने धम्की दिने गरेका सचिव तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले भने अझै पनि सर्वसम्मतिका लागि प्रयास गरिरहेको बताएका छन् ।
अधिवेशनमा गण्डकीका ११ जिल्लाबाट ९०७ प्रतिनिधि छनोट भएका छन् । कास्कीबाट सबैभन्दा धेरै १४६ र मनाङबाट सबैभन्दा कम १४ प्रतिनिधि सहभागी छन् । अधिवेशनमा विभिन्न क्लस्टरमा २७ जना निर्विरोध निर्वाचित भइसकेका छन् ।
निर्विरोध भएकाहरुको नामावली यस्तो छ
मनाङ संघीय निर्वाचन क्षेत्र (भूगोल)
चिन घले
मनाङ जिल्ला भूगोल (खुल्ला)
बाबुराम नेपाली
पेम्बा घले
लमजुङ जिल्ला भूगोल (खुल्ला)
प्रेमबहादुर घले
फूलबहादुर थापा
लमजुङ जिल्ला भूगोल (महिला)
लक्ष्मी अधिकारी
विष्णुमाया राना
लमजुङ जिल्ला (दलित)
नन्दराम विश्वकर्मा
आदिवासी जनजाति (महिला)
जोगमाया महतो
निर्मला थापा
लालसुब्बा गुरुङ
मुस्ताङ जिल्ला भूगोल (खुल्ला)
हेमेन्द्र शेरचन
मुस्ताङ जिल्ला भूगोल (महिला)
शर्मिला गुरुङ
मुस्ताङ संघीय निर्वाचन क्षेत्र भूगोल
इन्द्रधारा विष्ट
अल्पसंख्यक (महिला)
सुनकुमारी भुजेल घर्ती
मुस्ताङ जिल्ला भूगोल (दलित)
तिलक विक
गोरखा–१ संघीय निर्वाचन क्षेत्र भूगोल
टीकानारायण श्रेष्ठ
गोरखा–२ संघीय निर्वाचन क्षेत्र भूगोल
हरिप्रसाद काफ्ले
बाग्लुङ–१ संघीय निर्वाचन क्षेत्र भूगोल
लिला राणा
बागलुङ–२ संघीय निर्वाचन क्षेत्र भूगोल
टंकप्रसाद शर्मा पौडेल
म्याग्दी संघीय निर्वाचन क्षेत्र भूगोल
हरिकृष्ण श्रेष्ठ
म्याग्दी जिल्ला भूगोल
किरण सापकोटा
म्याग्दी जिल्ला भूगोल दलित
पुष्कर विक
प्रदेश मजदुर (महिला)
संगिता पाण्डे
जिल्ला भूगोल दलित (नवलपुर)
कृष्णबहादुर विके
लेखा समिति
महिला सदस्य
मन्जु केसी
रेखा पौडेल