
दोलखाबाट थप ४ किलो सुन बरामद
दोलखा । दोलखाबाट प्रहरीले थप ४ किलो सुन बरामद गरेको छ । दोलखाकाे बिगु गाउँपालिका–१ स्थित लामाबगरबाट थप ४ किलो सुन बरामद गरिएको दोलखाका डिएसपी दिपक खड्काले बताए ।
यसअघि प्रहरीले दुई पटक गरेर ७ किलो सुन बरामद गरेको थियो । सुन प्रकरणमा प्रहरीले ७ जनालाई पक्राउ गरिसकेकाे छ ।
पक्राउ पर्नेमा बिगु–१ का राज तामाङ, २८ वर्षीय केशर तामाङ, २० वर्षीय माधव मगर, १९ वर्षीय पेम्बा तामाङ, ५५ वर्षीय नुर्वु छिरीङ शेर्पा, ३० वर्षीया सुनमाला तामाङ र च्याङ्बा भन्ने चसमान तामाङ रहेका छन् ।
उनीहरु बिरुद्ध प्रहरीले भन्सार ऐन २०६४ तथा संगठित अपराध निवारण ऐन–२०७० बिरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
तिब्बत र दोलखाको सिमाना फलेक हुँदै सो सुन भित्रिएकाे प्रहरीकाे अनुसन्धानबाट खुलेकाे डिएसपी खड्काले जानकारी दिए ।
