
गृहमन्त्रीले मिलाए चिकित्सकसँग कुरा, आन्दोलन फिर्ता
सरकार र आन्दोलनरत चिकित्सकहरुबीच सहमति भएको छ । शनिबार गृह मन्त्रालयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा सरकारी टोली र स्वास्थ्यकर्मीका प्रतिनिधिबीच भएको वार्तामा सहमति भएको हो ।
सहमतिमा स्वास्थ तथा जनसंख्या मन्त्रालयका निमित्त सचिब डा दिपेन्द्ररमण श्रेष्ठ र संघर्ष समितिका संयोजक डा शेषराज घिमिरेले हस्ताक्षर गरेका छन्।
पछिल्लो समय मणिपाल-पोखरा, माडी-चितवन, हेटौंडा, कन्चनपुरको बेलौरी, लमजुङ, पाटनलगायतका अस्पतालहरूमा घटेका घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने र चिकित्सकको सुरक्षा सुनिश्चितता हुनुपर्ने माग संघर्ष समितिले राखेको थियो।
उक्त ६ बुँदे सहमति भएपछि उनिहरुले आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन् । मणिपाल शिक्षण अस्पताललगायत विभिन्न ठाउँमा डाक्टरमाथि आक्रमण भएपछि सुरक्षाको प्रत्याभूति माग गर्दै विगत केहिदिन देखि चिकित्सकहरुले आन्दोलन गर्दै आएका थिए ।
