
गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य
पोखरा । गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको छ। गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार चालु अधिवेशन अन्त्य भएको हो।
मन्त्रिपरिषद्को बैठकले बिहीबार राति १२ बजेदेखि प्रदेश सभाको अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष सिफारिस गरेको थियो।
संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले गुरुङले चालु अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुख कार्यालयकी शाखा अधिकृत प्रमिला गौतमले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
