
सहिद लखन थापा गापामा माओवादीको अभियान प्रभावकारी बन्दै, माओवादीमा प्रवेशको लहर
नेपालको पहिलो सहिद लखन थापाको नामबाट स्थापित गोरखाको सहिद लखन थापा गाउँपालिकामा सत्तारुढ दल नेकपा माओवादीले सञ्चालन गरेको तिनमहिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियान प्रभावकारी रुपले सञ्चालन भएको छ ।
जिल्लाको मध्य भागमा पने यस पालिकामा रहेका ९ वटा वडामा अभियान सञ्चालन भइरहेको छ । भदौ १६ गते विविध कार्यक्रमका साथ उद्घाटन भएको अभियानमा पार्टीको आन्तरिक कामको अतिरिक्त सामाजिक कामहरु, भेला प्रशिक्षणहरु र जनश्रमका कामहरु पनि भइरहेका छन् ।
अभियानले जनतामा माओवादीलाई जोड्ने र स्थापित गर्ने तथा सम्वन्ध सुदृढ गर्ने काम भइरहेको गाउँपालिका अध्यक्ष रमेश थापाले बताउनुभयो । अभियानका क्रममा पार्टीका सबै वडाहरुको बैठक सम्पन्न भएको, टोलमा कमिटिहरु निर्माण भइरहेको, विभिन्न जवस मोर्चाहरुको भेला तथा बैठकहरु भइरहेको र मूल रुपमा माओवादी र जनताबीचको सम्वन्ध सुदृढ गर्ने काममा अभियान केन्द्रीत रहेको अभियानमा पालिका इन्चार्जको भुमिका निर्वाह गरिरहनुभएकी प्रतिनिधिसभा सदस्य तथा माओवादी केन्द्रकी केन्द्रीय सदस्य उर्मिला माझीले बताउनुभयो । उहाँले लखन थापा गाउँपालिकामा माओवादी केन्द्रको प्रभाव राम्रो रहेको र अझ राम्रो गर्नको लागि अभियान केन्द्रीत भएको बताउनुभयो ।
चेर्पा गाउँका सबै युवा युवतीहरु माओवादीमा प्रवेश
नेकपा माओवादी केन्द्रले शुरु गरेको तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरणको क्रममा ३ दर्जन युवायुवतिहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सहिद लखन थापा गाउँपालिका अन्तरगत वडा नं २ को चेर्पा गाउँका सबै युवा युवतीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । त्यहाँमा आयोजित कार्यक्रममा उनीहरु एमाले परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । नवप्रवे्शी युवाहरुलाई अभियानको पालिका इन्चार्जको रुपमा रहनुभएकी प्रतिनिधिसभा सदस्य तथा माओवादी केन्द्रकी केन्द्रीय सदस्य उर्मिला माझीले टिका लगाएर स्वागत गर्नुभएको थियो ।
युवाहरुलाई स्वागत गर्दै नेतृ तथा सांसद माझीले युवाहरु राष्ट्र निर्माणको मुख्य आधार भएको र समाज परिवर्तनको मुख्य अधार समेत भएकोले युवाहरु परिवर्तनको पक्षमा लामबद्ध हुन जरुरी भएको बताउनुभयो । उहाँले माओवादीले युवाहरुको क्षमता अभिवृद्धि गर्न, देशभित्रै रोजगारी सिर्जना गर्न र देशलाई समृद्ध पार्नको लागि पार्टी, सत्ता र सदनमा समेत युवाहरुको सहभागिताको सुनिश्चितता गरेको बताउनुभयो ।
उहाँले माओवादी पार्टी जनताको पार्टी भएकोले जनतासँगको सम्वन्ध सुदृढ गर्न विशेष रुपान्तरण अभियान सञ्चालन गरेको बताउनुभयो । उहाँले युवाहरुले देशभित्रै भविष्य खोज्नुपर्ने र निराश भएर विदेश पलायन हुने सोँच त्याग्नुपर्ने भनाई राख्नुभयो । सरकार र राज्यले युवाहरुलाई राज्यमै रोजगारी सिर्जना गर्न र युवाहरुलाई समृद्ध गर्न विशेष योजना ल्याइरहेको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले युवाहरुको पक्षमा गाउँपालिका सरकारले काम गरिरहेको बताउँदै संघ प्रदेश सरकारसँग समन्वय गरेर थप कार्यक्रमहरु गर्ने र युवाहरुको क्षमता विकासमा पालिकाले अभियानहरु सञ्चालन गर्ने बताउनुभयो । उहाँले पालिका सरकारले कृषि व्यवसायलाई आधुनिकीकरण र प्रविधिमैत्रि बनाउँदै व्यवसायीकता वृद्धि गर्ने र युवाहरुलाई आत्मनिर्भर र स्वरोजगार बनाउने योजना रहेको बताउनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका पालिका सचिव कृष्णबाबु श्रेष्ठ, वडाध्यक्ष सकुन थापामगरले पनि नवप्रवेशी युवाहरुलाई बधाई दिँदै युवाहरुले उठाएका विषयहरु र समस्याहरु हल गर्ने प्रतिवद्धता व्यक्त गर्दै अन्य युवाहरुलाई पनि माओवादीमा आवद्ध हुन आग्रह गर्नुभएको थियो ।
स्थानिय पार्टी वडा सदस्य दिलबहादुर गुरुङको पहलमा आयोजित कार्यक्रममा स्थानिय युवाहरु हितहादुर थापा, चेत बहादुर थापा, जुना थापा, चित्र बहादुर गुरुङ, आशा गुरुङ, गोपाल गुरुङ, रुद्र बहादुर थापा, थकमाया थापा, देउ बहादुर गुरुङ, पार्वती गुरुङ लगायत चेर्पा गाउँका सबै घरका युवायुवतिहरु प्रवेश गरेका थिए ।
