साहित्यकार एवं पत्रकार राजेन्द्र पराजुलीको निधन
काठमाडौँ । साहित्यकार एवं पत्रकार राजेन्द्र पराजुलीको निमोनियका कारण आज ५९ वर्षकाे उमेरमा निधन भएको छ ।
उनलाई गएराति छातिमा समस्या भएपछि ललितपुरको ग्वार्काेस्थित बी एण्ड बी अस्पतालमा भर्ना गरिएको थियो । सघन उपचार कक्षमा उपचाररत पराजुलीलाई बिहान ७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
पराजुलीको निधनपछि भारतको गोवामा रहेका उहाँका छोरा स्वदेश फर्किएका छन् । उनको आजै दिउँसो पशुपति आर्यघाटमा अत्येष्टि गरिएको छ ।
आर्थिक मामिलासम्बन्धी पत्रकारिता र सम्पादनमा दख्खल राख्ने पराजुलीका ‘जन्तरमन्तर’ ‘अघोरी’, ‘कोटेश्वरको केटो’, ‘शुक्रराज शास्त्रीको चश्मा’, ‘अनायिका’, ‘सपनामा माक्र्स्’, ‘जाडोमा भोक’, ‘भ्रष्ट संवेदना’, ‘विकल्प’, ‘यात्रा’लगायतका कृति प्रकाशित छन् ।