
एसिया कप क्रिकेटः आज भारत-पाकिस्तानको भिडन्त, वर्षाले विथोल्ने सम्भावना उच्च
एसिया कपको सुपर ४ अन्तर्गत आज (आइतबार) भारत र पाकिस्तानबीचको खेल हुँदैछ । एकअर्काका चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको खेल नेपाली समयानुसार दिउँसो सवा ३ बजे शुरू हुनेछ ।
यसअघि चरणमा भारत र पाकिस्तानबीचको खेल वर्षका कारण रद्द भएको थियो । भारतले ब्याटिङ गरेको भए पनि पाकिस्तानले ब्याटिङ गर्न पाएको थिएन ।
अब भने वर्षाले रोकिए पनि भोलिपल्ट पुनः हुने भएको छ । आजको खेल म्याचमा वर्षाले रोकिए सोही खेल भदौ २५ गते हुने भएको हो।
म्याचका क्रममा वर्षा भए रद्द भएकै अवस्थाबाट भोलिपल्ट खेल अगाडि बढ्ने तयारी गरिएको हो।
