स्वीटजरल्याण्डको आवासीय राजदूतमा रामप्रसाद सुवेदी नियुक्त
काठमाडौं । स्वीटरजरल्याण्डका लागि आवासीय राजदूतमा रामप्रसाद सुवेदी नियुक्त भएका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सुवेदीलाई आवासीय राजदूतमा नियुक्त गरेका हुन् ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा सुवेदीलाई संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग, जेनेभा, वर्ल्ड ट्रेड अर्गनाइजेशन (डब्लूटीओ) र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का लागि नेपालको स्थायी प्रतिनिधि पदमा समेत नियुक्त गरिएको छ ।