व्यवस्थित बन्दै लमजुङ अस्पताल, छैनन् कुनै गुनासा

मूलखबर संवाददाता
काठमाडौं

गण्डकी प्रदेश अन्तरगतकाे जिल्ला  लमजुङकाे सदरमुकाममा रहेको लमजुङ अस्पताल अहिले व्यवस्थित बन्दै गएकाे छ । सेवाग्राहीहरूले अस्पतालकाे सेवा र व्यवस्थापनमा कुनै गुनासाे नरहेको र व्यवस्थित हुँदै गएकाे अनुभुति व्यक्त गरेका छन् । अस्पतालमा विमा सुविधा रहेकाे, भाैतिक पुर्वाधारहरू पनि पर्याप्त निर्माण भइरहेको र चिकित्सक र नर्सकाे सेवा पनि प्रभावकारी र चित्तबुझ्दो रहेकाे सेवाग्राहीले बताएका छन् ।

साे अस्पतालमा सेवा लिएर फर्कनुभएका भाेटेओडारका शैक्षिक व्यक्तितब गाेविन्दबहादुर कुँवरले सामाजिक सञ्जालमा साे अस्पतालकाे सेवा र विविध पक्षहरूकाे चर्चा गर्दै प्रदेश सरकारले जिम्मेवारी लिँदा के हाेला भन्ने प्रशन रहेको भएतापनि अहिले ती प्रश्नकाे जवाफ दिनेगरी अस्पताल व्यवस्थित रूपले सञ्चालन भएको प्रतिक्रिया फेसबुकमा लेख्नुभएको छ ।

उहाँकाे स्टाटस –

व्यवस्थित बन्दैछ लमजुङकाे सरकारी अस्पताल !
विगतमा लमजुङ सामुदायिक अस्पतालबाट राम्रै सेवा सुविधा सेवाग्राहीहरुले प्राप्त गरेका थिए ।
गत ०७९/८० आ व देखि त्यसलाई विस्थापन गरेर जिल्ला सरकारी अस्पताल संचालन गरे पछि अनेक शंका उपशंकाहरु उव्जिएका थिए ।
सुरुमा केही अव्यवस्थित महसूस गरिए पनि क्रमश: सुधारका कार्यहरु संचालन गरिएबाट अहिले सेवाग्राहीहरुले त्यति धेरै गुनासाे गर्नुपर्ने अवस्था खासै छैन ।
म आफैँ पनि विगत ५/६ महिनादेखि यहाँबाट मासिक रुपमा सेवा लिइ राखेकाे छु ।
यहाँ कार्यरत चिकित्सक तथा अन्य स्वास्थकर्मी र कर्मचारीहरुकाे व्यवहार पनि प्राय: सेवाग्राही मैत्री नै रहेकाे पाइन्छ । चिकित्सकहरुकाे स्थायित्वका लागि समय लाग्न सक्छ ।
अस्पतालकाे भौतिक संरचनामा पनि सेवाग्राहीलाई सुविधा पुग्ने गरी क्रमश: सुधार गरिएकाे छ ।
बहुमुखी उपचार सेवा र बिमा सेवा पनि पाइने हुँदा यहाँ प्राय: सेवाग्राहीहरुकाे बाक्लै उपस्थिति हुने गर्दछ ।
यहाँ मैले आफूले पाएकाे र भाेगेका कुराहरु मात्र लेखेकाे छु । सबै सेवाग्राहीकाे फरक फरक अनुभव हुनसक्छ । हामीले अस्पताललाई रचनात्मक सुझाव दिन सकिन्छ ।