
यी हुन् सरकारको पुरस्कार पाउने ४० निजामती कर्मचारी (नामावलीसहित)
निजामती सेवा दिवसको अवसर पारेर सरकारले ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने भएको छ। हिजो बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार दिइने भएको हो।
आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि २०६२ भदौ २२ गतेबाट मात्र औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो।
२०१३ साल भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्य नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउन थालिएको हो।
हाल करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन्। दिवसको अवसर पारेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज विभिन्न कार्यक्रम आयोजना गर्दैछ।
