
चीन-अमेरिका टेक वारः ह्वावे प्रतिबन्धको काउन्टरमा आइफोन प्रतिबन्ध गर्दै चीन
चीनले केन्द्रीय सरकारी अधिकारीहरुलाई आईफोनको प्रयोगमा प्रतिबन्ध लगाएको वालस्ट्रिट जर्नललाई उद्धृत गर्दै सीएनएनले लेखेको छ । यो समाचारपछि बुधबार एप्पलको सेयर ३.६ प्रतिशतले घटेको थियो ।
च्याट ग्रुप वा बैठकमार्फत कर्मचारीहरूलाई यो प्रतिबन्धको जानकारी उपलब्ध भइरहेको बताइएको छ । तर, यस विषयमा चिनियाँ विदेश मन्त्रालय वा एप्पलले नै पनि कुनै प्रतिक्रिया भने दिएको छैन ।
चिनियाँ केन्द्रीय सरकारी एजेन्सीसँग निकट स्रोतलाई उद्धृत गर्दै सीएनएनले चिनियाँ अधिकारीले औपचारिक नीतिबिना नै महामारी अघिदेखि नै आईफोन प्रयोग नगर्ने नियम पालना गर्न थालेको उल्लेख गरेको छ ।
चीन सरकारले यसको सट्टा ठूला हुवावे जस्ता स्थानीय कम्पनीले बनाएका स्मार्टफोन प्रयोग गर्नेछन् । एप्पलका सीईओ टिम कुकले गत मार्चमा चीनको भ्रमण गरेका थिए । चीन एप्पलका लागि १९ प्रतिशत हिस्सा रहेको ठूलो एवं महत्वपूर्ण बजार हो ।
ह्वावे प्रतिबन्धको काउन्टर
चीनले अमेरिकालाई काउन्टर दिन आइफोनमा प्रतिबन्ध लगाउन खोजेको विश्लेषण गरिएको छ। अमेरिकाले चिनियाँ ह्वावे टेक्नोलोजीमाथि प्रतिबन्ध लगाएको छ। यद्यपि फाइभजी लगायतका पूर्वाधारमा अमेरिका सहितका देशले लगाएको प्रतिबन्ध लगाए पनि चिनियाँ ह्वावेले निरन्त रुपमा आम्दानीमा बृद्धिलाई कायम राख्न सफल भइरहेको छ । अमेरिकी प्रतिबन्धका कारण कम्पनीको उत्पादन र सञ्चालनमा काफी चुनौतिहरू देखा परिरहेका छन् ।
यो अवधिमा कम्पनीले समस्याको समाधान खोज्दै आफू बाँच्न र अगाडि बढ्न अनि ग्राहक र आपूर्तिकर्ताप्रतिको आफ्नो दायीत्व पूरा गर्नका लागि काम गरिरहेको छ । त्यसै अनुरुप कम्पनीले एआई, क्लाउड, फाइभजी र कम्प्युटिङमा आधारित आईसीटी प्रविधिका अवयवको व्यवसायलाई विस्तार गरिरहेको छ ।
