
चेपाङको चाडः आज बागमतीका ३ जिल्लामा सार्वजनिक बिदा
बागमती प्रदेशको ३ जिल्लामा शुक्रबार (आज) सार्वजनिक बिदा दिइएको छ। चेपाङ समुदायको राष्ट्रिय पर्व न्वागी (छोनाम) का अवसरमा प्रदेश सरकारले शुक्रबार मकवानपुर, चितवन र धादिङमा सार्वजनिक बिदा दिएको हो।
सीमान्तकृत चेपाङ समुदायको बाहुल्य रहेको उल्लिखित ३ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भदौ १८ गते बसेको बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको थियो।
बसोबासका आधारमा मकवानपुर, चितवन र धादिङमा चेपाङ समुदायको बाहुल्य रहेको जिल्ला भएकाले बिदा दिइएको बागमती प्रदेश सरकारले जनाएको छ।
