
आजको मौसमः बागमती, र लुम्बिनीमा वर्षाको सम्भावना, मधेश र कोशीमा हावा–हुरी
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेश र कोशी प्रदेशस्थित तराई क्षेत्रका थोरै स्थानमा हावा–हुरीको सम्भावना पनि रहेको महाशाखाको अनुमान छ ।
‘बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,’ महाशाखाले आज बिहान जारी गरेको सूचनामा भनिएको छ, ‘साथै मधेश र कोशी प्रदेशस्थित तराई क्षेत्रका थोरै स्थानमा हावा–हुरीको सम्भावना पनि रहेको छ ।’
यस्तै, राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
