
बालेनसगँ टक्कर लिने भाइरल वडाअध्यक्ष रिजाल ग्राण्डी अस्पतालको भेन्टिलेटरमा
काठमाडौं महानगरपालिका १६ का वडाअध्यक्ष मुकुन्द रिजाल डेगुं र निमोनियाको संक्रमणका कारण टोखास्थित ग्राण्डी अस्पतालमा भर्ना भएका छन् ।
रिजाल नेपाली कांग्रेसको काठमाडौे क्षेत्र नं ७ का क्षेत्रिय सभापति पनि हुन् । नेपाली कांग्रेसकी नेत्रृ तथा काठमाडौं महानगरपालिकाको मेयर पदका उमेदवार सिर्जना सिंहले सामाजिक संजाल ट्विटरमा लेखे अनुसार रिजाललाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
वडाअध्यक्षमा निर्वाचित भएपछि मेयर बालेन साहसगँ टक्कर लिएका रिजाल पछिल्ला दिनहरुमा राम्रो सहकार्य गर्दै काम गरिरहेका छन् ।
रिजाल निकै मिजासिला र सबैसगँ हितैषी व्यवहार गर्ने राजनीतिक छवि बनाएका छन् ।
