कार्यकक्षभित्रै प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतको अश्लील हर्कत

मूलखबर संवाददाता
काठमाडौं

इलाम । इलामको माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र लेखा अधिकृत (महिला कर्मचारी) बीचको अनैतिक क्रियाकलापको भिडियो सार्वजनिक भएको छ ।

फेसबुक पेजमार्फत् सार्वजनिक भएको भिडियोमा कार्यकक्षभित्रै उनीहरुले अश्लील हर्कत गरेको देखिन्छ ।  प्रशासकीय अधिकृत राईले महिला कर्मचारीको संवेदनशील अंगमा छुने, चुम्वन गर्नेलगायतका काम गरेको देखिन्छ ।  त्यसपछि महिला कर्मचारीले खाममा रहेको पैसा गन्न दिन्छिन् । प्रमुख प्रशासकीय अधिकृत राईले पैसा गनेर पुनः महिला कर्मचारीलाई दिएको देखिन्छ ।

उक्त भिडियोमा देखिएअनुसार गत असार २३ गते बिहान ७ बजेर ३७ मिनेट भिडियो रेकर्ड भएको  छ ।

गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेबेले आफूले पनि सामाजिक सञ्जालबाट उक्त कुरा थाहा पाएको बताए । ‘म पनि बिरामी भएर बसेको छु । केही दिन अगाडिको भिडियो भन्ने थाहा भएको छ,’ उनले भने, ‘थप बुझ्दैछु ।’

यसअघि झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले क्वार्टरभित्रै एक महिलासँग अनैतिक क्रियाकलाप गरेको भिडियो बाहिरिएको थियो ।