
कोशी सरकारको सकसः आजदेखि प्रतिवादी बहस
कोसी प्रदेश सरकारविरुद्ध नेकपा (एमाले)को रिटमा आजबाट प्रतिवादीको बहस सुरु हुने भएको छ । निवेदक पक्षको बहस हिजो सकिएपछि आजबाट प्रतिवादीको बहस सुरु हुने भएको हो ।
सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा हिजोदेखि निरन्तर सुनुवाइ सुरु भएको थियो ।
आज प्रतिवादी कोसी प्रदेश सरकार पक्षको बहस हुनेछ ।
बुधबार (भोलि)सम्म आदेश हुन सक्ने अपेक्षा गरिएको निवेदक एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की पक्षका एक वकिलले बताए ।
