
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना, मुटुमा समस्या
काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । उनी आज शुक्रबार मण्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना भएका हुन् ।
स्रोतका अनुसार उनको मुटुमा समस्या देखिएकोृ छ । अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्माले भने पारसको स्वास्थ्य अवस्था हाल सामान्य रहेको बताए ।
पारसको यसअघि पनि मुटुमा समस्या देखिएको थियो । त्यतिबेला आईसीडी राखिएको थियो । त्यसैले उनलाई अहिले सुपरिवेक्षणका लागि भर्ना गरिएको हो ।
पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी शाह लगायत अस्पताल पुगेका छन् ।
