मण्डनदेउपुरका माओवादी जनसेवामा : वाइसीएल र महिलाद्वारा नि:शुल्क स्वास्थ्य शिविर र पानी वितरण
नेकपा (माओवादी केन्द्र) अहिले विशेष रूपान्तरण अभियान सञ्चालनकाे क्रममा छ । केन्द्र देखि तल्लो तहसम्म अभियान सञ्चालन गर्न नेता कार्यकर्ताहरू फिल्डमा खटेका छन् । सातै प्रदेशका ६७४३ वडामा संगठन सुदृढीकरण र विस्तारमा जुटेको माओवादीले काभ्रेको मण्डन देउपुरमा पनि पार्टी क्रियाशील बनाएको छ ।
साे क्रममा मण्डन देउपुरकाे वाइसीएल र महिला संगठनले जनसेवाकाे काम गरेको छ । काभ्रे र भक्तपुरको सिमामा पर्ने नगरकाेटका अवस्थित रक्तकुण्डेश्वर महादेवस्थान मन्दिरमा लाग्ने जनै पुर्णिामा मेलाकाे अवसरमा वाइसीएल र अनेमसंघ क्रान्तिकारीले स्वास्थ्य शिविर र खानेपानी वितरण कार्यक्रम गरेका छन् ।
स्वास्थ्य शिविरमा जनरल मेडिसिन, स्वास्थ्य चेकअप र आकस्मिक उपचारको व्यवस्था गरिएको माओवादी केन्द्रका नगर अध्यक्ष निराजन विष्ट दिपले बताउनुभयो । शिविरमा १ सय भन्दा वढिले स्वास्थ्य सेवा लिएकाे महिलासंघकी सचिव राममाया तामाङले जानकारी दिनुभयाे ।
नेकपा माओवादी केन्द्रकी प्रतिनिधिसभा सदस्य मिना तामाङ, अभियानका लागि नगर इन्चार्ज तथा उपत्यका विशेष प्रदेश समिति उपाध्यक्ष सन्ताेष पाैडेल, वागमती प्रदेश सदस्य गाेपाल घिमिरे, प्रेम तामाङलगायतको विशेष उपस्थितिमा भएको साे कार्यक्रममा भक्तजन र मेलाका सहभागीलाई वाइसीएलकाे लाेगाे अंकित पानी निशुल्क वितरण गरिएको इश्वर ढकालले बताउनुभयाे ।
जनतासँग माओवादी : विशेष रूपान्तरण अभियानकै सन्दर्भमा जनजनमा माओवादी मनमनमा माओवादी नारालाई सार्थक बनाउन आफुहरू जनसेवामा लागेकाे इश्वर ढकालकाे भनाइ छ । तीन महिने अभियानले मण्डनदेउपुरमा माओवादी पुरानै विरासतमा फर्किने विश्वास युवा नेता तथा माओवादी मण्डन देउपुरका सचिव गाेकुल डाेटेलले व्यक्त गर्नुभएकाे छ ।
नेपाल मेडिकल कलेज जाेरपाटीका चिकित्सक डा. ऋषि शाह नेतृत्वको चिकित्सककाे टाेलीले शिविरमा स्वास्थ्य चेकअप गरेकाे माओवादी जिल्ला सदस्य रमेश ढकालले बताउनुभयाे ।
नगरकाेट क्षेत्रमा माओवादी पार्टी, वाइसीएलले यश अघि पनि सरसफाइ र जनसेवाका काम गरिरहेकाे स्थानिय नेता राेहित तामाङले बताउनुभयाे । कार्यक्रम सहभागी, सेवाग्राहीकाे सन्तुष्टि र प्रभावकाे हिसावले सानदाररूपमा सफल भएको वाइसीएल नेता सन्ताेष लामाले बताउनुभयो । उहाँले आगामी दिनमा पनि वाइसीएल पार्टी काम र जनसेवामा निरन्तर लागिरहने प्रतिवद्वता व्यक्त गर्नुभयाे ।