
उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का अस्पताल भर्ना
काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का अस्पताल भर्ना भएका छन् । प्रोस्टेटको समस्याबाट पीडित खड्का वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना भएका हुन् ।
मन्त्री खड्काको सचिवालयका अनुसार बुधवार राति अस्पताल भर्ना भएका खड्काको बुधबार नै प्रोस्टेडको अपरेसन गरिएको छ । उनको स्वास्थ्य अवस्था अहिले सामान्य छ।
यद्यपि चिकित्सकहरुले अझै केही दिन अस्पतालमा आराम गर्न सुझाव दिएको मन्त्री खड्काको सचिवालयले जनाएको छ ।
यसैबीच प्रधानमन्त्री पुष्प्कमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँको छाउनीस्थित सैनिक अस्पतालमा उपचाररत उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई बिहीबार भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै शिघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।
