
देशका कतिपय स्थानमा भारी वर्षा, कमला नदीको बाढी सतर्कता तहभन्दा माथि
उदयपुरमा भारी वर्षा भएको छ । कमला नदी बेलसोत केन्द्रमा बाढीले सतर्कता तह पार गरेको छ ।
जलसतह बढ्नेक्रममा रहेका कारण तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागहरूमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
कमला नदी, सिन्धुली रानीबासस्थित बाढी मापन केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेको छ । बाढी बढ्दोक्रममा रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने भू–भागहरूमा रहनेहलाई बिहानसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
कोसी र वाग्मती प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । जसका कारण केही नदी तथा खोलामा बहाव बढेको छ ।
