यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
प्रधानमन्त्री प्रचण्डले यसरी खेले देउडा. मूलखबर संवाददाता काठमाडौं ७ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंको टुँडिखेलमा देउडा खेलेका छन् ।. सुदूरपश्चिवासीले विशेष हर्षका साथ मनाउने गौरा पर्वको अवसरमा आज टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड पनि देउडा खेलेका हुन् ।. प्रधानमन्त्री प्रचण्डसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्र मन्त्री एनपी साउद, कांग्रेस प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका नेता भीम रावल लगायतले एकअर्काको हात समातेर देउडा खेलेका थिए ।. गौरालाई सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रुपमा लिने गरेका छन् । सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसको बसोबास बढेसँगै यो पर्व राजधानीमा पनि धुमधामका साथ मनाउन थालिएको छ । देशका अन्य भागमा तीज मनाए जस्तै पश्चिममा यो पर्व विशेषगरी नारीहरुले मनाउने र पुरूषहरूले पनि साथ दिने गरेका छन् ।. यो दिनमा सुदूरपश्चिमवासीले देउडा गीत गाएर नृत्य गरी रमाइलो गर्दछन् ।. सबै फोटो: प्रदीपराज वन्त.
प्रधानमन्त्री प्रचण्डले यसरी खेले देउडा
मूलखबर संवाददाता
काठमाडौं
७ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंको टुँडिखेलमा देउडा खेलेका छन् ।
सुदूरपश्चिवासीले विशेष हर्षका साथ मनाउने गौरा पर्वको अवसरमा आज टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड पनि देउडा खेलेका हुन् ।
प्रधानमन्त्री प्रचण्डसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्र मन्त्री एनपी साउद, कांग्रेस प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका नेता भीम रावल लगायतले एकअर्काको हात समातेर देउडा खेलेका थिए ।

गौरालाई सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रुपमा लिने गरेका छन् । सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसको बसोबास बढेसँगै यो पर्व राजधानीमा पनि धुमधामका साथ मनाउन थालिएको छ । देशका अन्य भागमा तीज मनाए जस्तै पश्चिममा यो पर्व विशेषगरी नारीहरुले मनाउने र पुरूषहरूले पनि साथ दिने गरेका छन् ।
यो दिनमा सुदूरपश्चिमवासीले देउडा गीत गाएर नृत्य गरी रमाइलो गर्दछन् ।

सबै फोटो : प्रदीपराज वन्त