
गाेरखामा पनि आँखा पाक्ने राेगकाे संक्रमण
गोरखामा पनि आँखा पाक्ने रोग फैलिन थालेको छ । गोरखा लायन्स आँखा अस्पतालमा दैनिक ५० जना भन्दा बढि बिरामीहरु आखाँ उपचार गर्नको लागि आउने गरेको गोरखा लायन्य आँखा अस्पतालका प्रमुख प्रशासकिय अधिकृत विश्व प्रकाश अर्यालले जानकारी दिनुभयो ।
गत सोमबार देखी आज शनिबार सम्ममा ४९३ जनाले आँखा परिक्षण गराएका छन्, ति मध्य २९३ जनामा आँखा पाक्ने रोगको समस्या गरेको उहाँले बताउनुभयो । आँखा परिक्षण गर्ने आउने अधिकांश बालबालिका रहेका छन् ।
यो रोगबाट बच्नको लागि संक्रमित व्यक्तिले प्रयोग गरेको रुमाल, कपडा, ओछ्यान लगायत सामान अरुले प्रयोग नगर्ने, पटकपटक हातमुख धुने, संक्रमित व्यक्तिको नजिक नजाने, कालो चश्मा लगाउने, आँखा जाँच गराएर चिकित्सकको परामर्शअनुसार औषधिको प्रयोग गरेमा यो रोगबाट सुरक्षित हुन सकिने अर्यालले बताउनुभयो ।
