सहनशील प्रचण्ड

मूलखबर संवाददाता
काठमाडौं, १८ साउन

सत्तारूढ दल नेपाली कांग्रेसकाे केन्द्रीय समिति बैठक हालै सम्पन्न भयाे । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठककाे प्रत्यक्ष प्रसारण पनि गर्याे । प्रत्यक्ष प्रसारण हेर्दा पार्टी सभापति शेरबहादुर देउवा बैठकमा सहभागी भए र केन्द्रीय सदस्यहरूकाे भनाइ सुने । तर उनले केन्द्रीय सदस्यहरूले बाेल्दै गर्दा देउवा बिचबीचमा बाेल्ने, नबाेल भन्ने र  सिघ्र प्रतिक्रिया दिन हतारिएका देखिन्थे ।

अहिले अर्काे सत्तारूढ दल नेकपा माओवादी केन्द्रकाे केन्द्रीय समिति बैठक राजधानी जारी छ । साउन १७ गतेदेखि प्रज्ञाप्रतिष्ठानमा जारी बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निरन्तर बैठकमा सहभागी रहेका छन् । पहिलो दिन छाेटाे मन्तव्य राखेर बैठकमा सहभागी भएका प्रचण्डले पहिलो दिन राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्नुत गरे । केही समय अगाडि मात्रै निधन भएकी आफ्नी जिवनसंगिनि सीता दाहालसहित सहिद वेपत्ताकाे नाम उच्चारण गर्दा भावुक बनेका प्रचण्डले १८ जना केन्द्रीय सदस्यहरूले  राखेका धारणा अत्यन्तै ध्यानपुर्वक र धैर्यतापुर्वक सुने ।

पहिलो दिन विहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म लगातार बैठकमा सहभागी प्रचण्डले दाेश्राे दिन पनि विहान ११ बजेदेखि नै बैठकमा सहभागी भए र सहभागी केन्द्रीय सदस्यहरूले लगातार राखेका धारणा, आलोचना र सुझावहरू गम्भीरतासाथ सुनिरहेका देखिन्छन् र डायरीमा नाेट गरिरहेका देखिन्छन् । उनले आफ्नैबारे, आफ्नो परिवारका विरूद्व आएका निर्मम  आलाेचना र टिप्पणीहरू पुरै शान्त र सहनशील भएर सुनिरहेका र नाेट गरिरहेका देखिन्छन् । उनले कुनै पनि सदस्यले बाेलेका कुनै पनि कुरामा, गरेका कुनै पनि आलोचना र टिप्पणीहरूमा कुनै पनि सिघ्र टिप्पणी गरेका देखिँदैनन् ।

बैठकमा सहभागी केन्द्रीय सदस्यहरूले प्रचण्ड जति सहनशीलता आफुहरूले देखाउन नसक्ने र प्रचण्ड त्यसै नेता भएका हाेइन रहेनछन् भन्ने प्रतिक्रिया दिएका छन् ।

उनीहरू भन्छन्- प्रचण्डले परिवारका जिवनसंगिनि, छाेरा छाेरी गुमाउँदापनि कहिले निराश भएनन्, पार्टीका महत्त्वपूर्ण नेताहरूले पार्टी छाडेर लात मारेर जाँदा पनि निराश नभइकन पार्टी निर्माण र संगठित गरे, हरेक प्रतिकुलतामा पनि अनुकुलतामा बदल्न सक्ने भएकैले प्रचण्ड वास्तविक  राजनेता हुन् । ´

कांग्रेस बैठक प्रत्यक्ष प्रसारण हेरेका नेपालीहरूले देउवा र प्रचण्डकाे तुलना गर्दा आकाश जमिनकाे फरक देखिएकाे बताउँछन् ।

प्रचण्डले आन्तरिक पार्टी कमिटिमा मात्रै हाेईन अन्य पार्टी सँगकाे मिटिङमा पनि प्रचण्डकाे सहनशीलता लाेभलाग्दाे देखिन्छ  ।