बस आफैं गुडेर दुर्घटनामा पर्दा घाइते भएकी गुरूङकाे निधन

मूलखबर संवाददाता
काठमाडौं

लमजुङ सदरमुकाम बेसीशहरमा बस दुर्घटनामा परी सक्त घाईते भएकी राइनास नपा–९ कुवापानीकी २२ बर्षिया मिस्मा गुरुङको युवतीको उपचारको क्रममा चितवन मेडिकल कलेजमा शुक्रबार मृत्यु भएको छ ।
विहीबार दिउँसो बेसीशहर नपा–८ शेरा फिल्महल चाेकमा पृथ्वी राजमार्ग बस काउण्टर नजिकै यात्रु चढाउन रोकेर राखेको चालक विहिन ना ५ ख ४०८१ नम्बरको बस एक्कासी गुडेपछि दुर्घटना भएको थियो ।
बसभित्र बसेकि गुरुङ यक्कासि बस आफै गुड्न थालेपछि आत्तिएर हामफाल्ने क्रममा गम्भिर घाईते भएकी थिइन् ।