गुणस्तरिय र आधुनिक शिक्षाको उत्कृष्ट गन्तव्य : युनिग्लोब कलेज
तपाई भर्खर एसइइ परिक्षा उत्तिर्ण गरेर उच्च शिक्षाको अध्ययनको लागि कलेज छनौट गर्ने प्रक्रियामा हुनुहुन्छ भने गुणस्तरिय र आधुनिक प्रविधिसहितको उत्कृष्ट शैक्षिक गन्तव्य हो युनिग्लोब कलेज ।
युनिग्लोब एसएस प्लस टु अध्ययनका लागि देशको उत्कृष्ट शैक्षिक संस्था हो भन्ने तथ्य यसको गर्विलो इतिहास र प्राप्त नतिजाले पुष्टि गर्दछ । एउटा सफल र सार्थक भविष्यको बाटो तय गर्न हरेक विद्यार्थीका लागि युनिग्लोब कलेज सबैभन्दा उत्कृष्ट थलो हो भन्दा अत्युक्त नहोला ।
२०७१ मा स्थापना भएको र कमलादीमा रहेको युनिग्लोब कलेजले शैक्षिक संस्थाहरूको भीडमा छोटो समयमै उत्कृष्ट नतिजा निकाल्न सफल बनेको छ । युनिग्लोबले प्लसटुमा साइन्स, म्यानेजमेन्ट र लका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
प्लसटु विज्ञानको युनिग्लोब माध्यमिक विद्यालय, प्लसटु व्यवस्थापन र प्लसटु कानुन सामान्य र चिकित्सा विज्ञान, इन्जिनियरिङ र सूचना प्रविधि, लगायतका विषयमा विद्यार्थीलाई वैकल्पिक र आधुनिक व्यवस्थापन सिकाउँदै आएको छ ।
प्लसटु साइन्सका लागि ६०० जनाको सिट क्षमता छ । यहाँ पढ्नका लागि विद्यार्थीबिच हानथाप हुन्छ । उत्कृष्ट विद्यार्थीलाई पठनपाठन गराउन युनिग्लोबले प्रवेश परीक्षा लिने गरेको छ ।
विज्ञानतर्फका कक्षामा अनिवार्य विषयमा अङ्ग्रेजी, नेपाली, फिजिक्स, केमेस्ट्री, म्याथमेटिक्स, सोसल स्टडिज एन्ड लाइफ स्किल्स एजुकेसनका कोर्सहरू रहेका छन् । त्यस्तै कक्षा १२ मा यीबाहेक बायोलोजी र कम्प्युटर साइन्सलाई वैकल्पिक विषयमा राखिएको छ । दुईमध्ये एउटा पढ्न पाइन्छ ।
त्यस्तै म्यानेजमेन्टमा समेत ६०० सिट क्षमता छ । म्यानेजमेन्टमा समेत उत्कृष्ट नतिजा निकाल्दै आएको छ । म्यानेजमेन्ट पढेका विद्यार्थीहरू विभिन्न प्रतिष्ठित क्षेत्रको नेतृत्व तहमा कार्यरत छन् ।
म्यानेजमेन्टमा कक्षा ११ मा अनिवार्य विषय अन्तर्गत अङ्ग्रेजी, नेपाली, म्याथमेटिक्स, सोसल स्टडिज एन्ड लाइफ स्किल्स एजुकेसन र एकाउन्ट रहेका छन् ।
लको हकमा कक्षामा ११ मा अनिवार्य अङ्ग्रेजी, नेपाली, सोसल स्टडिज एन्ड लाइफ स्किल्स एजुकेसन, जुरिस्प्रिडेन्स एन्ड लिगल थेउरी, प्रोस्युडर ल र कन्स्टिच्युसनल ल रहेका छन् ।
युनिग्लोबले इनोभेटिक शिक्षण सिकाइ अन्तर्गत ग्रुप वर्क, प्रोजेक्ट वर्क, प्रिजेन्टेसन, काउन्सिलिङ, टेक्नो–ल्याब, रिसर्च वर्क, फिल्ड भिजिट, प्रेक्टिकल इक्जामिनेसन, सोसल वर्क, स्टुडेन्ट पब्लिकेसन, मूल्याङ्कन जस्ता कार्य गर्दै आएको छ ।
यहाँ उत्कृष्ट शैक्षिक वातावरणका लागि त्यही आधारमा शिक्षकको छनोट गरिन्छ । विद्यार्थीमैत्री भौतिक संरचना रहेको युनिग्लोबमा सबैले तिर्न सक्ने शुल्क तोकिएको छ ।
युनिग्लोबले सुरुवाती दिनदेखि नै ‘ब्रिङ्गिङ द बेस्ट टुगेदर’ भन्ने स्लोगन राखेको छ । यहाँ पढेका विद्यार्थीहरू छोटो समयमा नै विभिन्न प्रतिष्ठित कम्पनी तथा क्षेत्रमा नेतृत्वदायी भूमिकामा पुग्न सफल भएका छन् ।
युनिग्लोबले विद्यार्थीलाई पढाइ मात्र केन्द्रित नभई उनीहरूको चाहना अनुसारको पठनपाठन गराउँदै आएको छ ।
कलेजले एक्स्ट्रा एक्टिभिटिज र को–करिकुलम एक्टिभिटिजलाई समेत प्राथमिकता दिने गरेको छ । प्रत्येक विद्यार्थी कुनै न कुनै यस्ता अतिरिक्त क्रियाकलापमा सहभागी हुनै पर्छ । त्यसका लागि विद्यार्थीहरूको नै विभिन्न क्लब गठन गरिएको हुन्छ ।
कक्षा ११ मा पढ्ने विद्यार्थीमध्ये १० प्रतिशतलाई छात्रवृत्ति दिनुपर्ने कानुनी प्रावधान छ । सोही आधारमा हरेक कलेज तथा स्कुलहरूले गरिब, जेहनदार लगायतको आधारमा छात्रवृत्ति दिनै पर्छ । तर त्यसरी दिइने छात्रवृत्ति कक्षा १२ मा नपाउने समस्या विद्यमान छ । नतिजामा कमजोर देखिएको खण्डमा १२ मो पाउने छात्रवृत्ति कटौती गर्ने गरेका छन् । तर युनिग्लोबले भने कक्षा ११ मा पाउने विद्यार्थीले कक्षा १२ मा पनि छात्रवृत्ति निरन्तर पाउँछन् ।
राम्रो नतिजा ल्याउने, अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीले कक्षा १२ मा थप छात्रवृत्ति पाउने म्यानेजमेन्ट एन्ड ल स्ट्रिम प्रोग्राम कोर्डिनेटर शेखर अधिकारीले बताए । उनका अनुसार आर्थिक अवस्था कमजोर भएर वा पैसा तिर्न नसकेका कारण कुनै पनि विद्यार्थी पढाइबाट वञ्चित हुनु परेको छैन । कक्षा ११ मा गरिब, जेहेनदार, प्रवेश परीक्षामा उत्कृष्ट नतिजा ल्याउने, पिछडिएको क्षेत्र लगायतका सरकारले तोकेको मापदण्डअनुसार नै छात्रवृत्तिको कोटा निर्धारण हुँदै आएको अधिकारीले बताए ।
बाहिरबाट झट्ट हेर्दा युनिग्लोबको भव्य संरचना देखिन्छ । ठुलठुला बिल्डिङ, ठुलो प्लेग्राउन्ड जस्ता कारणले विद्यार्थीलाई लोभ्याउँछ ।
बाहिरबाट देखिने संरचनाभन्दा भित्री संरचना अझ भव्य छ । साइन्सका लागि अत्याधुनिक ल्याब, होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीका लागि समेत उत्कृष्ट ल्याब छन् । यति मात्र नभएर विद्यार्थीले पढ्न चाहेको पाठ्यपुस्तक पढ्न पाउने गरी लाइबे्ररीको समेत व्यवस्था गरिएको छ ।
टाढाका विद्यार्थीलाई बस्नका लागि होस्टेल, स्कुल बसलगायतका भौतिक सुविधासमेत युनिग्लोबले व्यवस्थापन गरेको छ ।
राजधानीबाहीरबाट आएका र राजधानमै रहेका विद्यार्थीका लागि युनिग्लोब कलेजले दिने शैक्षिक र भौतिक गुणस्तर अन्इ कलेजहरुको दाँँजोमा उत्कृष्ट रहेको सोही कलेजबाट प्लस टु उत्तिर्ण गरेर हाल एमविविएस र इन्जीनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरु बताउँछन् ।