३० वर्षपछि भक्ति नमुनाका विद्यार्थीकाे पुनर्मिलन, समाजसेवामा लाग्ने प्रतिवद्वता
लमजुङ जिल्लाकाे सुन्दरबजार नगरपालिका भाेटेवडारमा अवस्थित भक्ति नमूना माध्यमिक विद्यालयबाट २०५०/५१ काे एसएलसी ब्याच समुहले ३० वर्षमा पहिलोपटक पुनर्मिलन कार्यक्रम आयाेजना गरेकाे छ ।
पाेखरा सराङकाेटकाे नयाँ गाउँ रिसाेर्टमा आयोजना गरिएको पुनर्मिलन कार्यक्रममा सहभागी पुर्व विद्यार्थीहरूले समाजसेवामा लाग्ने प्रतिवद्वता व्यक्त गरेका छन् । ३० जना पुर्व विद्यार्थीहरूकाे सहभागीता रहेकाे साे कार्यक्रममा भक्ति नमुना माध्यमिक विद्यालय र त्यस आसपासकाे क्षेत्रमा सामाजिक, शैक्षिक, आर्थिक क्षेत्रमा सक्दाे रचनात्मक सहयाेग गर्ने याेजना पनि बनाएकाे छ ।
कार्यक्रममा विगतका विद्यार्थी जिवनकाे समीक्षा गर्दै, अनुभव साँटासाँट गर्नुका साथै आआफ्नो पेशा व्यवसाय र क्षेत्र बाट याेगदान दिने विषयमा गम्भीर छलफल भएको छ ।
कार्यक्रममा आफ्नो अनुभूति राख्दै भक्ति नमूना माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मानकृष्ण आचार्यले विद्यालयकाे भाैतिक पुर्वाधार पर्याप्त र सुविधासम्पन्न भएतापनि शैक्षिक गुणस्तर कायम गर्न विविध चुनाैति रहेकाे बताउनुभयाे ।
सहभागी हरिराज पन्तले यस खालकाे कार्यक्रम निरन्तरता दिन आवश्यक रहेको बताउनुभयाे । सहभागी पुर्व विद्यार्थीहरू भिमनाथ गाैलि, प्रेस सेन्टर नेपालका महासचिव सन्ताेष पाैडेल, भारति सदन प्राविका प्रधानाध्यापक ज्ञानबहादुर कार्की, शिक्षक मन्जु खनाल, अधिवक्ता हरि बुढाथोकीलगायतले भक्ति नमूना मावि र आसपासका क्षेत्रमा शैक्षिक, सामाजिक र आर्थिक क्षेत्रमा समुहले सहयाेग गर्नुपर्ने धारणा राख्नुभएको थियाे ।
भेलाले एक अक्षयकाेष निर्माण गर्ने र समाजका आगामी गतिविधि अगाडि बढाउन मानकृष्ण आचार्य, सनदकुमार श्रेष्ठ, हरिराज पन्त, रिता अधिकारी न्याैपाने, हरि बुढाथोकी रहेकाे एक समिति गठन गरिएको छ ।
भेलामा लमजुङ, चितवन, काठमाडौं र पाेखरामा रहेर विभिन्न पेशा व्यवसायमा संलग्न साे ब्याचका पुर्व विद्यार्थीकाे सहभागिता रहेकाे थियाे ।