सातौं दिनमा प्रधानमन्त्री निवास बालुवाटारमा श्रद्धाञ्जली सभा (फोटो तथा भिडियोसहित)

मूलखबर संवाददाता
काठमाडौं, २ साउन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की जीवनसँगिनी सीता दाहालको निधन भएको आज सातौं दिनमा प्रधानमन्त्री निवास बालुवाटारमा श्रद्धाञ्जली सभाको  गरिएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित श्रद्धान्जली कार्यक्रममा सिता दाहालको जिवनवृतान्त समेटिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो वृत्तचित्र प्रस्तुतिपछि प्रधानमन्त्री प्रचण्डले ५ मिनेट संवोधन गरेका थिए ।

उनले संवोधनमा आफूले १ छोरी र १ छोराको अकल्पनीय मृत्युको पीडा ब्होरेपछि सिताको स्वासथ्यमा समस्या आएको बताए । सो बताउँदै गर्दा प्रचण्ड भावुक र स्तव्ध बनेका थिए । उनले सिताको मृत्यु अस्पतालको बेडमा र भेन्टीलेटरमा पीडादायी हुन्छकी भनेर डराएको भएतापनि त्यस्तो नभई सहज ढंगको मृत्यु नै सिताले बरण गरेको बताए । उनले भने ‘बाँचुन्जेल कसैलाइ पीडा र दुःख दिन नजानेकी र नदिएकी सिताले मृत्यु पनि सहज नै बरण गरिन्, कसैलाई पीडा नदिइकन हामीलाइ छाडेर गइन् ।’

कार्यक्रममा उपराष्ट्रपति, पुर्व प्रधानमन्त्री शेर बहादुर देउवा, माधव नेपाल, डा. बाबुराम भट्टराई, सभामुख, प्रधान्यायधिश, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरु, संवैधानिक निकायका प्रमूखहरु, प्रहरी सेनाका प्रमूखहरु, प्रशासकहरु, राजनीतिक दलका नेताहरुसहित नेता कार्यकर्ता र शुभचिन्तकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

उहाँको असार २७ गते उपचारको क्रममा निधन भएको थियो ।

सीता दाहाल वि.सं. २०११ असार २१ गते कास्की जिल्लाको हेम्जामा बुवा महेश्वर पौडेल र आमा हरिकला पौडेलको कोखबाट जन्मिनुभएको हो । सीता दाहालको २०२६ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विवाह भएको थियो ।

वि.सं. २०२८ सालदेखि नै कम्युनिष्ट आन्दोलनमा आबद्ध उहाँ जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो ।

पार्टी कामका लागि पञ्चायतीकालमा लामो समय भूमिगत जीवन बिताउनुभएकी सीता दाहालले देशमा जनयुद्ध सुरुवात भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रिय रहँदै आउनुभएको थियो ।

भरतपुर महानगरपालिका वडा नं १४ स्थायी ठेगाना भएकी दाहालका चार सन्तानमध्ये जेठी छोरी ज्ञानु दाहालको क्यान्सर र छोरा प्रकाश दाहालको हृदयाघातका कारण निधन भइसकेको छ । छोरीहरू रेनु दाहाल र गङ्गा दाहाल राजनीतिमै सक्रिय हुनुहुन्छ ।