रक्तदान र विविध कार्यक्रम गर्दै उद्योग व्यापार महासङ्घले मनायो स्थापना दिवस
उद्यमी ब्यवसायीहरुको साझा संस्था नेपाल उद्योग व्यापार महासङ्घले रक्तदानसहित विविध कार्यक्रमहरु गरेर आफ्नो स्थापना दिवस मनाएको छ । महासंघको बार्षिक उत्सव अर्थात प्रथम स्थापना दिवसका सन्दर्भमा महासङ्घको पुर्व निर्धारित कार्यक्रम अनुसार विभिन्न प्रदेशहरुमा विभिन्न खाले रचनात्मक र सामाजिक कार्यहरु आयोजना गरि भब्यतापुर्वक सम्पन्न गरेको हो ।
महासंघले प्रादेशिक रुपमा फरक फरक कार्यक्रम गरि स्थापना दिवस मनाएको महासंघकी नेतृ गिता पनेरुले जानकारी दिइन् ।
उनका अनुसार केन्द्रीय समिति को आयोजनामा नयाँ कार्यालय प्रवेशसङ्गै,वृक्षारोपण र भब्य रक्तदान कार्यक्रम सम्पन्न गरि मनाईएको छ । केन्द्रीय कार्यलय महाराजगञ्ज काठमाडौंमा आयोजित कार्यक्रममा रक्तदानका साथ कार्यक्रमहरु पनि भएका थिए । नेकपा माओवादी केन्द्रका सचिव लिलामणी पोखरेलको प्रमूख आतिथ्यतामा कार्यलय प्रवेश गर्दै स्थापना दिवस मनाइएको हो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा माओवादी नेता गंगा कार्कीको पनि उपस्थिति रहेको थियो ।
कोशी प्रदेशले बाल आश्रममा खाध्यन्न बितरण गरेर स्थापना दिवस मनाएको छ भने सुदुरपश्चिम प्रदेशले वृक्षारोपण गरेर स्थापना दिवस मनाएको छ । त्यसैगरी लुम्बिनी प्रदेशले हस्पिटलमा सरसफाइ सामग्री बितरण गरेर मनाएको छ भने कर्णाली प्रदेशले अनाथ बाल बिध्यार्थीहरुलाई स्टेसनरी बितरण गरेर स्थापना दिवस मनाएको छ ।
पनेरुले केन्द्रीय कार्यलयसहित देशैभर भएका यस्ता कार्यक्रमहरु र गतिविधिले उद्यमी ब्यवसायीहरु आर्थिक उपार्जनका काम सङ्गै सामाजिक सेवामा समेत टेवा दिदै मानवीय दुख,पिडाहरुमा अभाव,आवश्यकता र आकस्मिकतामा एक असल साथी बनेर साथ दिनेछन्,भन्ने महत्त्वपूर्ण शन्देश दिएको बताइन् ।
उनले यस्ता खाले सामाजिक गतिविधिहरुले निरन्तरता पाउनुपर्छ,समृद्ध देश निर्माणमा उध्धगी ब्यबसायीहरुको महत्त्वपूर्ण भुमिका रहनुपर्छ आफ्नो र महासंघको धारणा रहेको बताइन् ।