कोशी सरकारमा राप्रपा सहभागी नहुने,सरकारको दाबी गर्दै गठबन्धन

मूलखबर संवाददाता
काठमाडौं

कोशी प्रदेशका गठबन्धन दलहरुले बिहीबार राप्रपा बेगरै मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन्। प्रदेश प्रमुख पर्शुराम खापुङ्गले दलहरुलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न दिएको समयसीमा आज अपरान्ह ५ बजे सकिँदैछ।

प्रदेश सभाको प्रतिकूल गणितका कारण राप्रपा मनाउनै पर्ने बाध्यता भएपछि त्यही प्रयासमा लागेको नेपाली कांग्रेसको प्रयास अहिलेसम्म सफल भएको छैन। गठबन्धन दलहरुले कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीका रुपमा अघि सारेका छन्।

गठबन्धनका कांग्रेस ९२९०, नेकपा माओवादी केन्द्र ९१३, सभामुखसहित०, नेकपा एकीकृत समाजवादी ४ र जनता समाजवादी पार्टी १ गरी ४७ सिट छ। तर सभामुखलाई गणना गर्न मिल्ने कि नमिल्ने भन्ने विवाद कायमै छ। प्रदेश सभामा मत बराबरी भएर निर्णायक मत दिन मात्रै सभामुखलाई संविधानले भनेका कारण पनि गठबन्धनलाई बहुमत सिद्ध गर्न राप्रपाको साथ चाहिएको हो।

तर राप्रपाले ‘झापाली राजनीतिक द्वन्द्व’ को कारण कांग्रेस नेता थापा नेतृत्वको सरकारलाई समर्थन नगर्ने भनेको गठबन्धन दलका नेताहरू बताउँछन्। यद्यपि राप्रपा नेताहरुले भने यसलाई अस्वीकार गर्दै आएका छन्।

‘त्यस्तो कुरा पनि केही साथीहरुको छ’, राप्रपा अध्यक्ष राजेनद्र लिङ्देनले सेतोपाटीसँग भने, ‘तर त्यो पार्टीको आधिकारिक कुरा होइन।’ उनले राजनीतिक संवाद नै ठोस रूपमा नभएको भन्दै थापा नेतृत्वको सरकारमा राप्रपा सहभागी नबन्ने बताए।

विभिन्न घटनाक्रमहरूका कारण हामी यो सरकारमा सहभागी हुन सक्दैनौं’, अध्यक्ष लिङ्देनले भने। गठबन्धनले थापाको विकल्प खोज्नुपर्यो भन्ने राप्रपाको कुरा हो भन्ने अर्को प्रश्नमा उनले भने ‘अर्को पार्टीको कुरा हामीले भन्ने कुरै भएन नि१’

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भने पार्टीको प्रदेश सभापतिसमेत रहेका संसदीय दलका नेतालाई कसले समर्थन गर्छ वा गर्दैन भन्ने काल्पनिक आधारका भरमा अघि नसार्ने भन्ने कुरै नहुने बताए। गठबन्धनले निर्णय गर्नुअघिदेखि अहिलेसम्म त्यस्तो प्रस्ताव कतैबाट नआएको उनको संकेत थियो।

‘कसले समर्थन गर्छ वा गर्दैन भन्ने काल्पनिक आधार देखाएर हामीले प्रदेश सभापतिसमेत रहेका दलका नेतालाई अघि नसार्ने भन्ने कुरै हुँदैन’, शर्माले भने ‘हामी राप्रपासँग निरन्तर संवादमै छौं।’

कोशी प्रदेशका महामन्त्री समेत रहेका प्रमुख सचेतक भूपेनद्र राई राप्रपाले सघाउनेमा आशावादी देखिए।

‘राप्रपासँग हामी निरन्तर छलफलमा छौं तर अहिलेसम्म उसले सकारात्मक जवाफ दिएको छैन’, राईले भने, ‘अझै प्रयास जारी छ। सम्भव भएन भने हामी चार दलका तर्फबाट आज दाबी पेश गर्नेछौं। विश्वासको मत दिने बेलासम्ममा राप्रपा साथमा आउनेछ।’