खानीखाेलामा धान दिवस यसरी मनाइयाे
काभ्रे जिल्लाकाे दक्षिणी भेगमा पर्ने खानीखाेला गाउँपालिका मुख्यनलय तालढुंगामा धान दिवस मनाइएको छ ।
कृषि विकास शाखाद्वारा आयोजित “जलवायु अनुकुलित कृषक मैत्री प्रबिधि धान उत्पादनमा वृद्धि ” भन्ने मुल नाराका साथ २० ओैं धान दिवस तालढुङ्गामा मनाइएको हाे ।
खेतमा राेपाइँ गर्दै मनाइएको धान दिवस कार्यक्रममा खानीखाेला गाउँपालिकाकाे अध्यक्ष ईन्द्र बहादुर थिङ प्रमुख अतिथिकाे रूपमा सहभागी हुनुभएको थियाे । साे अवसरमा उपाध्यक्ष दोर्जेमान जिम्बा ,प्रमुख प्रशासकीय अधिकृत धरेन्द्र भुजेल , जनप्रतिनिधि ,विभिन्न शाखाका शाखा प्रमुख लगाएत पालिकामा कार्यरत कर्मचारीहरु तथा स्थानीय समुदायको उपस्थिति रहेको थियाे ।
कार्यक्रममा ड्रेससहित राेपाहार, बाउसे र हलिकाे रूपमा राेपाई गरि भव्यताका साथ मनाइएकाे हाे । साे अवसरमा पालिका अध्यक्ष थिङले नेपाल धान उत्पादनमा आत्मनिर्भर हुनसकेमा समृद्धि र विकासकाे लागि धेरै ठूलो टेवा पुग्न सक्ने भएकोले सबैले खेत बाँझाे नराखि उत्पादनमा लाग्न आग्रह गर्नुभएको थियाे ।