लमजुङको अघाेषित र अनियमित विद्युत कटाैतिकाे समस्याबारे संसदमा उठ्याे आवाज
प्रतिनिधिसभा सदस्य उर्मिला माझी पाैडेलले लमजुङ जिल्लामा भइरहेको अनियनित र अघाेषित विजुली कटाैतिकाे विषयमा संसदमार्फत सरकारलाई ध्यानाकर्षण गराउनुभएकाे छ ।
संसदकाे बुधबारकाे बैठकमा शून्य समयमा विषय राख्दै उहाँले लमजुङ जलविद्युतकाे प्रचुर सम्भावना भएको र दर्जन बढी जलविद्युत् आयाेजनाबाट बिजुली उत्पादन भएको र निर्यात समेत भएको भएतापनि जिल्लामा दिनमा सयपटक भन्दा बढि बिजुली कटाैति हुँदा उपभोक्ताहरू मर्कामा परेको बताउनुभयो ।
माओवादी केन्द्रबाट समानुपातिक तर्फ निर्वाचित सांसद माझीले अनियमित र अघाेषित लाेडसेडिङकाे समस्या हल गर्न उदिपुरका बन्दै गरेको सब स्टेसन छिटाे निर्माण गरि ३३ केभिए प्रसारण शुरू गर्ने, लामा फिडर लाइनलाई गाउँ र बजार गरि छुट्टाछुट्टै बनाउने र ३३ केभि लाइनलाई कालाे तार राख्ने र ट्रान्सफर र ट्रान्समिटरका क्षमता वृद्धि गर्ने जस्ता समाधानका उपाय समेत राख्नुभएको थियाे ।
उहाँले जिल्ला विद्युुत प्राधिकरण र केन्द्रीय प्राधिकरण तथा मन्त्रालय र सरकार सबै निकायलाई समस्या छिटोभन्दा छिटो समाधानकाे लागि पहल गर्न ध्यानाकर्षण गरेकाे बताउनुभयाे ।