मेयर रेणु दाहालद्वारा दुधको अनुदान चेक हस्तान्तरण, किसानहरु खुशी
भरतपुर महानगरपालिका मेयर रेणु दाहालले दुधमा प्रति लिटर रु ३ का दरले अनुदानको चेक वितरण गर्नुभएको छ । सो क्रममा अन्नपूर्ण सहकारीका अध्यक्ष ऋषिराम चापागाइँले आफ्नो सहकारीका सदस्यहरुले दुधबापत पाउने अनुदानको चेक लिएको बताउनुभएको छ ।
चापागाईका अनुसार यस वर्ष किसानहरुले दुधबाट प्रतिलिटर ३ का दरले पाउने अनुदानबापतको ६६ लाख ४५ हजार, ९ सय ७ रुपैयाको चेक महानगर प्रमूख रेणु दाहालबाट प्राप्त गरेको बताउनुभएको छ । उहाँले सो रकम आफू अध्यक्ष रहेको अन्नपूर्ण सहकारीका सदस्यहरु ७०० जनाको खातामा पठाइने जानकारी दिनुभयो । देशभरमै दुधबापत किसानलाई अनुदान दिने पहिलो महानगर बनेको भरतपुरले किसान र विद्यार्थीहरुलार्य विशेष सहायतास्वरुप अनुदान प्रदान गर्दे आइरहेको छ ।
चेक प्रापत गरेपछि खुसी व्यत्त गर्दै सहकारी अध्यष चापागाईले लेख्नुभएको छ, ‘यो प्रकारको अनुदान नै अहिले सम्मको कृषकहरूले बिना झन्झट, बिना कमिसन , बिना गुलामी अनि कुनै पनि प्रकारको मोलाहिजा नगरी सिधै पशुपालक कृषकको हातमा पुग्ने सरकारी अनुदान हो। केन्द्र, प्रदेश एव स्थानिय तहले यो प्रकारको अनुदानलाई अझै ब्यबस्थित गरि स्थानिय तहको खातामा पठाई एकद्वार प्रणाली द्वारा सिधै कृषकहरुले पाउने गरि ब्याबस्थापन गर्नु पर्छ। अहिले बागमती प्रदेशबाट दिने भनेको रु २ पनि छिटो भन्दा छिटो कृषकहरुको हातमा पुगोस।’
महानगरले शुरुमा २५ पैसा अनुदानबाट शुरु गरेको सहयता अहिलेसम्म आउँद प्रतिलिटर रु. ३ पुर्याएपछि किसानहरु थप उत्साहित बनेका छन् । चापागाईले मेयर दाहालले गरेको किसानलाई सोझै अनुदान दिने नीति अत्यन्त जनमुखि र उत्पादनमुखी भएको भन्दै सो कार्यको लागि मेयर दाहाल र भरतपुर महानगरपालिकालाई विशेष धन्यवाद समेत दिनुभएको छ ।