
पनाैती राेशी क्षेत्रमा अनधिकृत चलेका खानीलाई अनुगमन र कार्वाही हाेस् : सांसद तामाङ
प्रतिनिधिसभा सदस्य मिना तामाङले पनाैति राेशी क्षेत्रमा अनाधिकृत रूपमा चलिरहेका खानी र क्रसरहरूकाे अनुगमन र कार्वाही गर्न सरकारकाे ध्यानाकर्षण गराएकी छिन् ।
काभ्रेबाट नेकपा माओवादी केन्द्रकी सांसद रहेकी तामाङले बिहीबार संसदकाे शून्य समयमा बाल्दै पनाैति राेशी क्षेत्रका वडा नं १२ मा सञ्चालित केही खानिहरूले मापदण्ड पूरा नगरेकाे बताइन् । उनले खानीका कारण ६ सय घरले उपयोग गरिरहेका खानेपानीकाे मुहान पनि रहेकाे र जनताले खाने पानीमा समेत प्रभाव परेकाे उनकाे दावी छ ।
सांसद तामाङले खानीका कारण बस्तीमा बस्नै गाह्राे भएको, पशुपंक्षिमा समेत नराम्रो असर परेकाे र मानव बस्ती नै विस्थापित हुने खतरा रहेकोले तत्काल अनुगमन र कार्वाही गर्न माग गरेकी थिइन् ।
