प्रतिपक्षी दलका सांसदकाे व्यवहार व्यवस्था कमजाेर पार्न उद्वत छ : सांसद बस्नेत

मूलखबर संवाददाता
काठमाडौं, २४ जेठ

प्रतिनिधिसभा सदस्य ज्ञानु बस्नेत सुवेदीले प्रतिपक्षी दलका सांसदहरूकाे व्यवहारले व्यवस्थालाई कमजाेर पार्न खाेजेकाे भान भएको भन्दै आपत्ती प्रकट गरेकी छिन् ।

संसदकाे बुधबारको बैठकमा बजेटमाथिकाे छलफलमा भाग लिँदै माओवादी केन्द्रकी सांसद बस्नेतले प्रतिपक्षी दलका सांसदहरूलाई रचनात्मक बन्न सुझाव दिइन् ।

बस्नेतले सांसदले संसदमा मर्यखदित भाषा प्रयाेग गर्न आग्रह गर्दै भनिन् – `प्रतिपक्षि माननियज्युहरू अलिकति ठण्डा दिमागले साेचाैं र रचनात्मक बनाैं ।´

उनले बजेटले आर्थिक क्षेत्रमा देशले भाेगिरहेकाे विकराल अवस्थाकाे हल गर्ने प्रयास गरेको भन्दै बजेटकाे समर्थन गरेकी  थिइन् ।