यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
सुदुरपश्चिम प्रदेश सरकार विस्तार, थिपए ४ मन्त्री. मूलखबर संवाददाता काठमाडौं, ६ जेठ सुदूरपश्चिम प्रदेशकाे सरकार विस्तार भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले शनिबार प्रदेश सरकार विस्तार गर्दै ४ जना नयाँ मन्त्री थपेका हुन् ।. थपिएका मन्त्री नेकपा माओवादी केन्द्रबाट ३ जना र कांग्रेसबाट १ जना रहेका छन् । नवनियुक्त मन्त्रीहरुको शपथग्रहण पनि आजै सम्पन्न भएको छ । आज अपरान्ह प्रदेश प्रमुखको कार्यालयमा उनीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।. थपिएका मन्त्रीहरुमा माओवादीबाट रमेश धामीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको, झपट साउदले सामाजिक विकास मन्त्रीको र समानुपातिक सांसद गीतादेवी मालले उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । यस्तै कांग्रेसबाट पृथ्वीबहादुर सिंहले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।. राज्यमन्त्री गीतादेवी माललाई मुख्यमन्त्री कमल बहादुर शाहले नै शपथग्रहण गराए भने अन्य मन्त्रीहरुलाई प्रदेश प्रमुख देवराज जोशीले शपथग्रहण गराए ।.
सुदुरपश्चिम प्रदेश सरकार विस्तार, थिपए ४ मन्त्री
मूलखबर संवाददाता
काठमाडौं, ६ जेठ
सुदूरपश्चिम प्रदेशकाे सरकार विस्तार भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले शनिबार प्रदेश सरकार विस्तार गर्दै ४ जना नयाँ मन्त्री थपेका हुन् ।
थपिएका मन्त्री नेकपा माओवादी केन्द्रबाट ३ जना र कांग्रेसबाट १ जना रहेका छन् । नवनियुक्त मन्त्रीहरुको शपथग्रहण पनि आजै सम्पन्न भएको छ । आज अपरान्ह प्रदेश प्रमुखको कार्यालयमा उनीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
थपिएका मन्त्रीहरुमा माओवादीबाट रमेश धामीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको, झपट साउदले सामाजिक विकास मन्त्रीको र समानुपातिक सांसद गीतादेवी मालले उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । यस्तै कांग्रेसबाट पृथ्वीबहादुर सिंहले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
राज्यमन्त्री गीतादेवी माललाई मुख्यमन्त्री कमल बहादुर शाहले नै शपथग्रहण गराए भने अन्य मन्त्रीहरुलाई प्रदेश प्रमुख देवराज जोशीले शपथग्रहण गराए ।