डाेजरे विकासकाे माेडल परिवर्तन गर्न सांसद माझिकाे माग

मूलखबर संवाददाता
काठमाडौं, २६ बैसाख

प्रतिनिधिसभाकी सदस्य उर्मिला माझिले डाेजरे विकासकाे माेडल परिवर्तन गरिनुपर्ने बताएकी छिन् ।

संसदमा आर्थिक वर्ष २०८०/८१ काे विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताबारे धारणाा राख्दै नेपालकाे विकासकाे परम्परागत माेडलमा परिवर्तन गर्नुपर्ने बताएकी हुन् ।
डाेजर लगाएर सडक खन्ने कामले गाउँहरू उजाड बन्दै गएकाे, भुक्षय बढाएकाे र पर्यावरणमा समेत असर परेमाले यसमा परिवर्तन गर्नुपर्ने आवश्यकता रहेकाे उनले बताइन् ।

संसदकाे भाैतिक पुर्वाधार विकास समिति सदस्यसमेत रहेकी उनले बजेट जनमुखि हुनुपर्ने, कनिका छरेकाे जस्तो नभई रणनीतिक महत्त्वका याेजनाहरू प्राथमिकतामा राखिनुपर्ने र मुल्यवृद्वि नियन्त्रण गर्ने खालकाे हुनुपर्ने बताइन् ।
माओवादी केन्द्रबाट समानुपातिक प्रणाली अन्तरगगत निर्वाचित सांसद माझीले साधारण खर्च र प्रशासनिक खर्च घटाई पुजिगत खर्च वृद्धि गर्न माग गरिन् । उनले भनिन् – साधारण खर्च र प्रशासनिक खर्च कटाैति गरेर विकास र सुशासनमा लगाउनुपर्छ ।

साथै उनले चुलाे र भान्साहरूमा आतंक सिर्जना भईरहेकाे र अर्थतन्त्र संकटमा पर्न लागिरहेको अवस्थामा बजेटले जनताकाे चुलाे र भान्छामा आतंक हाेईन आशाकाे सञ्चार गर्नुपर्ने बताइन् । उनले भनिन् -आज चुलाे र भान्छाहरूमा आतंक छ, मुल्यवृद्वि अनियन्त्रित र अनियमित छ, गरिबका भान्छामा आतंक हाेइन आशा दिने स्थिति सिर्जना गराैं ।