
सावधान ! गर्मी महसुस गर्यो भने सर्पले आफैंलाई पनि खान्छ
गर्मि महिनामा सर्प अत्याधिक देखिन्छ र सक्रिय पनि हुन्छ । हामीलाई जमिन तातेकाले होला भन्ने लाग्छ तर त्यति मात्रै होइन ।
सर्पले धेरै गर्मी महसुस गर्यो भने उसको दिमागले राम्रोसँग काम गर्न सक्दैन । गर्मीले सर्प दिग्भ्रमित हुन्छ ।
त्यस अवस्थामा सर्पको आन्तरिक पाचन प्रणाली अत्यधिक सक्रिय भएर उसलाई निकै भोक लागेको महसुस हुन थाल्छ ।
पेट भरिएको किन नहोस् सर्प जे अगाडि पर्यो त्यो खान तम्सिन्छ । आफ्नो पुच्छरको भाग देख्दा त्यसलाई समेत सिकार ठान्दछ र खान थाल्छ ।
सर्पले आफ्नै पुच्छर खाइरहेको थाहा पाउँदैन र आफैँलाई निल्दै गएर अन्ततः आफ्नो ज्यान लिन्छ ।
