रामेछापमा एमाले कांग्रेस परित्याग गरी दर्जनौं युवा माओवादीमा प्रवेश
रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाका दर्जनौं युवाहरु नेपाली कांग्रेस र नेकपा एमाले परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
नेकपा माओवादी केन्द्र खाँडादेवी गाउँपालिका वडा नं १ राकाथुम र राकाथुम काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित “वृहत भेला, प्रशिक्षण तथा शुभकामना आदानप्रदान कार्यक्रमू मा उनीहरु माओवादीमा प्रवेश गरेका हुन् । प्रवेश गर्नेहरुमा अधिकांश माझी समुदायका युवाहरु रहेका छन् ।
कार्यक्रममा नेकपा एमाले सम्बद्ध युवाहरु युवा संघ नेपालका बागमती प्रदेश सदस्य बीरबल माझीको नेतृत्वमा र नेपाली कांग्रेस समर्थीथ युवाहरु नेपाली कांग्रेस क्षेत्रीय प्रतिनिधि पूर्णबहादुर माझीको नेतृत्वमा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । प्रवेश गर्नेहरुमा नेपाली कांग्रेसका वडा समिति कोषाध्यक्ष राम कृष्ण खड्का समेत रहेका छन् । त्यसैगरी प्रवेश गर्नेहरुमा नेपाली कांग्रेस क्रियाशील सदस्यहरु प्रसिद्ध माझी, मनोज माझी, विनोद माझी , सन्देश माझी, संजिव माझी, गौतम माझी, सरोज माझी, धन बहादुर खड्कालगायत रहेका छन् ।
कार्यक्रममा प्रमूख अतिथि तथा नेकपा माओवादी केन्द्रका नेता पुर्व गृह राज्य मन्त्री एवम् जिल्ल इन्चार्ज श्याम कुमार श्रेष्ठ, प्रतिनिधिसभा सदस्य तथा माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवम् माझी राष्ट्रिय मुक्ति मोर्चा नेपालकी महासचिव उर्मिला माझी, वागमति प्रदेश सभा सदस्य युवराज चौलागाई, बागमति प्रदेशसभा सदस्य तारानारायण श्रेष्ठ लगायतले नवप्रवेशीहरुलाई टिका र खादा लगाएर सम्मान र स्वागत गरेका थिए ।