बागमती प्रदेशमा कांग्रेस सहभागी : सिंह र लामाले लिए सपथ

मूलखबर संवाददाता
हेटौंडा, २६ चैत

अन्ततः कांग्रेस बागमती प्रदेश सरकारमा सहभागी भएको छ। कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको हो।

आइतबार मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको बागमती सरकारमा कांग्रेसका तर्फबाट दलका नेता लामासहित तीर्थबहादुर लामाले मन्त्रीका रूपमा शपथ लिएका छन्।

उनीहरूलाई बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम पद तथा गोपनीयताको शपथ गराएका हुन्।

मन्त्रिपरिषदमा सहभागी दलका नेता लामा आर्थिक मामिला तथा योजना मन्त्रालय र तीर्थबहादुर लामा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन्।