गृहको जिम्मेवारीमा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ

मूलखबर संवाददाता
काठमाडौं

उपप्रधान एवंम भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्रालय सम्हाल्ने निश्चित भएको छ ।

भौतिक मन्त्रालय एकीकृत समाजवादीको भागमा परेपछि श्रेष्ठ उपप्रधानसहित गृह मन्त्री हुने टुङ्गो लागेको हो ।

गृह मन्त्रालय माओवादी केन्द्रको भागमा परेपछि श्रेष्ठ मन्त्री बन्ने निश्चित भएको श्रेष्ठ निकट स्रोतले जानकारी गराएका छन् । मन्त्री श्रेष्ठले यसअघी पनि १३ दिन गृह मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।

यस्तै पार्टीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ अब भौतिकबाट गृहको जिम्मेवारी सम्हाल्ने भएका हुन् ।