राष्ट्रपति पाैडेलले दिलाए गणतन्त्रको आभाष : गराए सामान्य सवारी. राष्ट्रपति पाैडेलले दिलाए गणतन्त्रको आभाष: गराए सामान्य सवारी. मूलखबर संवाददाता काठमाडौं, ७ चैत राष्ट्रपति रामचन्द्र पाैडेलले सवारीमार्फत गणतन्त्रको वास्तविक आभाष दिलाएकाे अनुभूति जनतालाई गराएका छन् ।. राष्ट्रपति पाैडेलकाे सवारी संघीय लाेकतान्त्रिक गणतन्त्रको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलाेपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका पाैडेलले आफ्नो सवारीमा प्रयाेग हुने तामझाम, सवारीसाधन र जाम हटाएर साे आभाष दिलाएका हुन् ।. गृह मन्त्रालयले बनाएको विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि, २०७७ अनुसार राष्ट्रपतिको औपचारिक समारोहको सवारीमा १६ वटा सवारीसाधन प्रयोग हुन्थ्यो । तर, मंगलबार भएको राष्ट्रपति पौडेलको औपचारिक समारोहमा चार वटा सवारी साधन प्रयोग भएको छ ।. यसअघि हुने राष्ट्रपतिकाे सवारी मंगलबार घोडेजात्राको अवसरमा सैनिक मञ्च टुँडिखेलमा भएको कार्यक्रममा सहभागी हुन आउँदा राष्ट्रपति पौडेलले एउटा अगुवा, पछुवा र जगेडा गाडी मात्रै प्रयोग गरे । जबकि, कार्यविधिमा प्रहरी वार्निङ मोटरसाइकल, अगुवा जिप, अति विशिष्ट व्यक्ति सुरक्षा निरीक्षक अगुवा कारदेखि पछाडि रहने राष्ट्रपतिको गाडीको दायाँ बायाँसहित ३/३ गरी ६ वटा आउट राइडर्स हुने व्यवस्था छ ।.
राष्ट्रपति रामचन्द्र पाैडेलले सवारीमार्फत गणतन्त्रको वास्तविक आभाष दिलाएकाे अनुभूति जनतालाई गराएका छन् ।
राष्ट्रपति पाैडेलकाे सवारी
संघीय लाेकतान्त्रिक गणतन्त्रको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलाेपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका पाैडेलले आफ्नो सवारीमा प्रयाेग हुने तामझाम, सवारीसाधन र जाम हटाएर साे आभाष दिलाएका हुन् ।
गृह मन्त्रालयले बनाएको विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि, २०७७ अनुसार राष्ट्रपतिको औपचारिक समारोहको सवारीमा १६ वटा सवारीसाधन प्रयोग हुन्थ्यो । तर, मंगलबार भएको राष्ट्रपति पौडेलको औपचारिक समारोहमा चार वटा सवारी साधन प्रयोग भएको छ ।
यसअघि हुने राष्ट्रपतिकाे सवारी
मंगलबार घोडेजात्राको अवसरमा सैनिक मञ्च टुँडिखेलमा भएको कार्यक्रममा सहभागी हुन आउँदा राष्ट्रपति पौडेलले एउटा अगुवा, पछुवा र जगेडा गाडी मात्रै प्रयोग गरे । जबकि, कार्यविधिमा प्रहरी वार्निङ मोटरसाइकल, अगुवा जिप, अति विशिष्ट व्यक्ति सुरक्षा निरीक्षक अगुवा कारदेखि पछाडि रहने राष्ट्रपतिको गाडीको दायाँ बायाँसहित ३/३ गरी ६ वटा आउट राइडर्स हुने व्यवस्था छ ।