प्रिमियममा आइपीओ निष्कासन गर्न मान्डु हाइड्रोपावरले दियो बोर्डमा निवेदन
प्रिमियममा आइपीओ निष्कासन गर्न मान्डु हाइड्रोपावरले धितोपत्र बोर्डमा निवेदन दिएको छ। मान्डु हाइड्रोपावरले १६ लाख ३६ हजार ३ सय ७० कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
मान्डु हाइड्रोपावरले मकवानपुर जिल्लाको कोगटेस्थित इपामा २२ मेगावाट क्षमताको बागमती नदी जलविद्युत आयोजनाको निर्माण गरी सञ्चालन गरिरहेको छ । यदि बोर्डले अनुमति दिएपछि कम्पनीले प्रिमियममा आइपीओ निष्काशन गर्ने छ । यो आयोजनाले २०७५ देखि विद्युत उत्पादन शुरु गरिसकेको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणसहित अंकित मूल्य १०० रुपैयाँमा १४८ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २४८ रुपैयाँमा आइपीओ बिक्री गर्न अनुमति मागेको छ । यस कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।