बिपिडब्लु लघुवित्तको आइपीओ बाँडफाँट हुँदै

मूलखबर संवाददाता
काठमाडौं

बिपिडब्लु लघुवित्तको आइपीओ शुक्रबार चैत ३ गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सले चैत १ गते प्रिअलटमेन्ट सम्पन्न भएको र शुक्रबार चैत ३ गते बाँडफाँट गर्ने बताएको छ। कम्पनीको आइपीओमा अन्तिम दिन सम्म १५ लाख ३२ हजार ९ सय ७३ जना आवेदकबाट १ अर्ब ६७ करोड ६५ लाख ५ हजार रुपैयाँ बराबरको १ करोड ६७ लाख ६५ हजार ५० कित्ता शेयरको लागि आवेदन परेको थियो ।

गोलाप्रथाबाट आइपीओ बाँडफाँट गर्दा ५ हजार ४ सय ७५ जनाले मात्र १० कित्ता आइपीओ हात पार्नेछन् भने १५ भन्दा बढी आवेदनको हात रित्तो हुनेछ । कम्पनीले जारी पुँजी ३ करोड रुपैयाँको २६.९८ प्रतिशतले हुन आउने ८० लाख ९५ हजार रुपैयाँ बराबरको आइपीओ सर्वसाधारण लगानीकर्तालाई फागुन १८ गतेदेखि बिक्री खुला गरेको थियो । जसअनुसार प्रतिसेयर १ सय अंकित मूल्यमा ८० हजार ९ सय ५० कित्ता सेयर निष्कासन गरेको थियो।

यसमध्ये १० प्रतिशत अर्थात् ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरिसकेको छ भने जारी पुँजीको ०.५ प्रतिशत अर्थात् १ हजार ५ सय कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात् १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेर बाँकी रहेको ५४ हजार ७ सय ५० कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको थियो ।