स्ववियुकाे सरगर्मी : मनाेनयन सकियाे, १९ क्याम्पसमा क्रान्तिकारी निर्विरोध

मूलखबर संवाददाता
काठमाडौं

आगामी चैत ५ गते त्रिभुवन विश्वविद्यालयका सम्पुर्ण आंगिक क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचन हुँदैछ  । विद्यार्थीकाे साझा संस्थाकाे रूपमा रहेको स्ववियुकाे निर्वाचनमा प्रमुख राजनीतिक दल निकट भातृ संगठनहरूले प्रतिस्पर्धा गर्दैछन् । कतिपयमा स्वतन्त्र उमेदवारी पनि दिएका छन् ।

स्ववियुकाे निर्वाचनको लागि ताेकिएकाे समयसिमामा विद्यार्थीहरूले मनाेनयन दर्ता गराउँदा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी १९ क्याम्पसमा निर्विराेध निर्वाचित भइसकेकाे निर्वाचन कार्यलयले जनाएको छ ।

स्ववियु निर्वाचनमा नेपाली कांग्रेस निकट नेविसंघ, एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकाे मुख्य प्रतिस्पर्धा देखिएकाे छ । कतिपय क्याम्पसहरूमा दुई ठूला र अन्य साना संगठनकाे तालमेल पनि देखिएको छ ।

माओवादी निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी ) निर्विरोध निर्वाचित भएका क्याम्पसहरू :
१) सिन्जा बहुमुखी क्याम्पस सिन्जा, जुम्ला : सन्तोष आचार्य
२) स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम : किरण विश्वकर्मा
३) सानोभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम : वीरभान भण्डारी
४) सितल क्याम्पस चौरजाहारी, रुकुम पश्चिम : निराजन केसी
५) चतुर्देव हिसुपु क्याम्पस रातापानी, मुगु : मनसुर कार्की
६) बन्गाड क्याम्पस, सल्यान : अजय बिष्ट
७) फारुलला बहुमुखी क्याम्पस दार्मा, सल्यान : वरुण न्यौपाने
८) लिकु संयुक्त क्याम्पस, डोल्पा : रनचन्द्र शाही
९) जाजरकोट छेडागाड जनज्ञानकुञ्ज क्याम्पस, जाजरकोट : जागेश्वर थापा
१०) गुराँस बहुमुखी क्याम्पस, बर्दिया : सन्जोग श्रेष्ठ
११) चन्द्रकोट बहुमुखि क्याम्पस चन्द्रकोट, गुल्मी : प्रभा पौडेल
१२) मरिण बहुमुखी क्याम्पस, सिन्धुली : विज्ञान दोर्जे बल
१३) सुनकोसी क्याम्पस, सिन्धुली : विनिता न्यौपाने
१४) शिद्धज्योति शिक्षा क्याम्पस, सिन्धुली : गोविन्द पहाडी
१५) गोरखा क्याम्पस, गोरखा : विष्णु पाण्डे
१६) कंकलिङ क्याम्पस, सिन्धुपाल्चोक : लक्ष्मण घिसिङ
१७) चौतारा बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक : अमृत श्रेष्ठ
१८) नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस, धादिङ : सीता निमल्सिना
१९.पालुङ बहुमुखी क्याम्पस –