
वाइसिएलले बुझायाे लमजुङसहित देशभरका सिडियाेलाई ज्ञापन पत्र
नेकपा माओवादी केन्द्रकाे भातृ संगठन वाइसिएल नेपालले देशभरका सिडिओ मार्फत ज्ञापन पत्र बुझाएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल विरूद्व सर्वाेच्च अदालतमा पक्राउ गर्न माग गर्दै मुद्वा दर्ता र पेशि समेत सार्वजनिक गरेपछि त्यसको विराेधमा वाइसीएलले ज्ञापन पत्र पेश गरेको हाे ।
लमजुङमा पनि वाइसीएल नेपालले केन्द्रीय सचिव सुनिल सुनार अटलकाे नेतृत्वमा प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीलाई ज्ञापन पत्र बुझाइएको छ । ज्ञापन पत्रमा शान्ति प्रकृया र जनयुद्धको सन्दर्भका मुद्वाहरू सत्य निरूपण तथा मेलमिलाप आयाेगमार्फत हल गर्नुपर्नेमा र अदालतमा लैजाने कार्यले द्वन्द्व निम्याउन खाेजेकाे भन्दै त्यसकाे विरूद्वमा कडा प्रतिकारमा उत्रन बाध्य हुने चेतावनि दिइएकाे सुनिलले बताए ।
