जनयुद्धका सहिद विजयकाे स्मृतिमा सांसद भुजेलद्वारा विभिन्न विद्यालयहरूमा अक्षयकोष स्थापना
सिन्धुलिबाट बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने माओवादी केन्द्रकी सांसद शुस्पा भुजेलले सहिद विजय कुमार न्याैपानेकाे स्मृतिमा विभिन्न विद्यालयहरूमा अक्षय काेष स्थापना गरेकी छिन् ।
सहिद विजयकुमार न्याैपानेकाे जिवनसंगिनि सांसद भुजेलले विजयकाे स्मृति र सम्मानमा विजयले अध्ययन गरेका विद्यालयहरूमा गरिव, जेहेन्दार र असहाय विद्यार्थीहरूकाे लागि छात्रवृत्ति प्रदान गर्ने उद्वेश्यका साथ अक्षय काेष स्थापना गरेकी हुन् ।
जनयुद्धको भिषण प्रक्रियामा विवाह गरेकोे १ वर्षमै अर्थात २०६३ बैसाख १० गते जीवन साथी विजयलाई गुमाएकी उनले विजयले माध्यमिक शिक्षासम्म अध्ययन गरेको कामदेवी माध्यमिक विद्यालयमा १ लाख ५ सय ५ रूपैयाकाे विजय न्याैपाने स्मृति अक्षयकाेष स्थापना गरेकी छिन् । त्यसैगरी गाेलन्जाेर वडा नं ३ मा रहेकाे काैशिका माध्यमिक विद्यालयमा विशिष्ट आजिवन सदस्यकाे रूपमा १०हजार १ सय २५ रूपैयाँकाे काेष जम्मा गरेकी छन् ।
त्यसैगरी जिल्ला सदरमुकाम कमलामाई नगरपालिकामा अवस्थित श्री जनज्योति माध्यमिक विद्यालय फाेस्रेटारमा सांसद भुजेलले विजयकाे सम्मान र सम्झनामा १० हजार राशि सहयाेग गरि विशिष्ट आजिवन सदस्य घाेषणा गरेकी हुन् ।
सामुदायिक विद्यालयकाे शिक्षालाई व्यवस्थित र गुणस्तरीय बनाउनुपर्ने धारणा राख्ने सांसद भुजेलले मरिन गाउँपालिका वडा नं ७ मा रहेको मरिन माविमा पनि विशिष्ट सदस्यकाे रूपमा १० हजार १ सय १ रूपयाकाे काेष सहयाेग गरेकी छिन् ।
विजयकाे जन्म गाेलन्जाेर गाउँपालिका वडा नं मा बुबा कृतिप्रसाद न्याैपाने र आमा इन्द्रकुमारी न्याैपानेकाे माइलाे छाेराकाे रूपमा २०३१ मा भएको थियाे । उनले आफ्नो गाउँमै कामदेवी माध्यमिक विद्यालयबाट माध्यमिक तह सम्मकाे अध्ययन गरेका थिए भने काैशिका माविबाट १०+२ पास गरेका थिए । त्यसपछि विराटनगरमा क्याम्पस अध्ययन गरेर स्नातक उत्तीर्ण गरेका थिए भने भारतकाे बनारसमा गएर शास्त्री समेत अध्ययन सम्पन्न गरेका थिए । उनले शिक्षककाे रूपमा काम गर्दागर्दै माओवादी सम्वद्व शिक्षक संगठनमा आवद्व हुँदै २०५८ सालमा पुर्णकालीन कार्यकर्ताकाे रूपमा आन्दाेलनमा समाहित भएका थिए ।
अत्यन्तै वाैद्विक, सालिन र इमानदार विजयलेे शिक्षक संगठन बाट पार्टीको जिल्ला कमिटी हुँदै सैन्य क्षेत्रमा समेत महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने क्रममा जनयुद्धको अन्तिम फाैजि माेर्चा सिन्धुपाल्चोककाे सदरमुकाम चाैतारामा २०६३ बैसाख १० गते सहादतबरण गरे । उनको निधनले न्याैपाने परिवारमामात्रै हाेईन सिन्धुली र सिंगो माओवादी आान्दाेलनमा बज्रपात भयाे ।
उनकाे जनयुद्धको क्रममा एक कुशल, सक्षम र क्रान्तिकारी महिला नेतृ सुस्पा भुजेलसँग २०६२ सालमा जनवादी विवाह भयाे । विवाह भएकाे १ वर्षमै एउटै युद्वमाेर्चामा लड्दा लड्दै विजयलाई सुस्पाले गुमाउन पुगिन् । तिनै सुस्पा आज वागमती प्रदेश सभाकाे सदस्यकाे रूपमा विजयकाे स्मरण र सम्मान गर्दै हिँडिरहेकी छिन् ।
विजयले देखेका समाजवाद र साम्यवादका अधुरा सपना पूरा गर्ने कसम खाँदै सुस्पा गाउँ वस्ति र विद्यालयहरूमा पुगिरहेकी छिन् । उनी विजयकाे अभावमा एक्लै हुँदा पनि विचलीत नभइ निरन्तर देश र जनताको सेवामा जुट्ने कसम खाएकी छिन् । उनी त्यसै दिशामा निरन्तर क्रियाशील रहेकी छिन् ।
उनले विद्यालयका वार्षिकोत्सब कार्यक्रममा सहभागीता जनाउने क्रममा आयाेजित कार्यक्रममा जनयुद्धको कारण नेपालमा राजनीतिक परिवर्तन भएको उल्लेख गर्दै परिवर्तनको लागि जीवन वलिदान दिने सहिदहरूकाे सम्मान आवश्यक रहेकाे बताइन् ।
उनले सरकारी विद्यालयकाे गुणस्तर बढाउन सबै सरकारी सुविधा लिने अभिभावकले आफ्ना बालबालिकाहरू सरकारी विद्यालयमा पढाउनुपर्ने धारणा राख्छिन् ।
उनले सिन्धुलीकाे जुनारसहितकाे उत्पादनलाई विस्तार बजारिकरण गरि आर्थिक विकासमा याेगदान दिने तथा विदेशिन बाध्य युवाहरूलाई स्वदेशमै राेजगारी सिर्जना गर्न आफ्नाे पहलकदमी रहने बताएकी छिन्।