
वित्त आयोगको प्रतिवेदनमा भरतपुर महानगरपालिका देशकै सर्वाेत्कृष्ट
वित्त आयोगको प्रतिवेदनमा भरतपुर महानगरपालिका सवोत्कृष्ट घोषीत भएको छ । भरतपुर महानगरले ७२. २२ अंकका साथ सर्वोत्कृष्ट भएको हो ।
आयोगले आर्थिक वर्ष २०८०–८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्य सम्पादन सूचकांकका आधारमा सबै तहका सरकारको कार्यसम्पादन मूल्यांकन गरेको हो ।
जसअनुसार भरतपुरले ७२.२२, विराटनगरले ५९।२४, ललितपुरले ५८.४३ अंक पाउँदा काठमाडौं महानगरपालिकाले ५६.५२ अंक पाएको छ ।
यस्तै वीरगञ्जले ५३.२३, पोखराले ४८.६६ अंक पाएका छन् । यस्तै चितवनका राप्ती नगरपालिकाले ७०.८८, कालिका नगरपालिकाले ५६.७५, इच्छाकामना गाउँपालिकाले ५९.५१, रत्ननगर नगरपालिकले ५७.६३, खैरहनी नगरपालिकाले ५५.८३ र माडी नगरपालिकाले ६०.१५ अंक पाएका छन् ।
भरतपुरमा रेनु दाहाल दुई कार्यकाल मेयर हुँदा विकासको गति तीव्र बनेको छ भने कार्यसम्पादन मूल्यांकनमा समेत सर्वोत्कृष्ट भएको हो।
